आज मितिः २०८३ बैशाख ५ गते

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं –

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

 

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका जुडिवेला घर भएका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारी, चितवन भरतपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका–६ फुल्काई घर भएका २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदीशप्रसाद यादव रहेका केन्द्रीय साइबर ब्यूरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक भाग्येन्द्रपुरूष ढकालले जानकारी दिए ।

 

‘पक्राउमध्ये कृष्णप्रसाद भन्ने बिहानीबहादुरले ‘फेसबुक’ मा साथी बनी कुराकानीका क्रममा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू ‘रेकर्ड’ गरी राखेर पीडितका आफन्त तथा साथीहरूको ‘म्यासेन्जर’ मा पठाई चरित्रहत्या गरी दुःख हैरानी दिएको र रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू पीडकले अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बरसहित ‘ह्वाट्स एप गु्रप’ मा ‘शेयर’ गरी दुःख हैरानी दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो,’ ढकालले भने ।

 

यसैगरी, लक्ष्मण यादव भन्ने जगदीशप्रसादले फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीका ‘म्यासेन्जर’मा पठाई चरित्रहत्या गरी दुःख हैरानी दिएको घटनामा साइबर ब्यूरोमा मुद्दा दर्ता भई फरार रहेका उनलाई वैदेशिक रोजागरीका क्रममा कतारमा रही नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।

 

कृष्णप्रसाद भन्ने बिहानीबहादुर र रूपक शर्माउपर विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको र लक्ष्मण यादव भन्ने जगदीशप्रसादलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिने उपनिर्देशक एवं प्रहरी उपरीक्षक ढकालले बताए ।

रासस

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.