विष्णुप्रसाद तिमल्सिना
काठमाडौँ-
काठमाडौँ महानगरपालिका वडा नंं. ७ गौरीनगरमा अवस्थित हिलारी इङ्लिश हाईस्कुलले आफ्नै प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गलको प्राविधिक सहयोग तथा नवजागरुक युवा क्लब, गौरीनगर सुधार समिति, लाइफलाइन हेल्थ होम केयर प्रा.लि.,पुल्चोक ललितपुर र लियो क्लब अफ काठमार्डौँले सहयोगी भूमिका निर्वाह गरेका थिए ।
शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी तथा नसा, सामान्य शल्यक्रिया, आँखा परीक्षण तथा उपचार, नाक, कान, घाँटी, प्रसुति तथा स्त्री रोग, बाल रोग, छाला रोग, दन्त सेवा, भिडियो एक्स–रे र ल्याबटेष्टलगायतका सेवाहरू प्रदान गरिएको थियो ।
विद्यालयका विद्यार्थी– अभिभावक, स्थानीय समुदायलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको हिलारी स्कुलका प्रधानाध्यापक लालकुमार राईले बताए ।