आज मितिः २०८३ बैशाख ५ गते

सामाजिक सञ्जालमा चरित्रहत्या गर्नेलाई छोड्दिन – मनिषा पुन (भिडीओ सहित)

सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्नेलाई साइबर क्राइममा मुद्दाहाल्ने कन्सल्टेन्सी सञ्चालिका मनिषा पुनले बताएकी छन् । दुबईमा एक्युना कन्सल्टेन्सी सञ्चालन गर्दै आएकी उनले सामाजिक सञ्जालमा आफ्नो तस्बिर राखेर व्यवसायमा समेत धक्का पुग्ने गरी प्रचार गरेकोले उनले मुद्धा हाल्ने बताएकी हुन्।

करिव दुई वर्ष पहिलेदेखि दुबईमा वैधानिक रुपमा युरोप पठाउन पाउने गरी ए क्युना कन्सल्टेन्सी दर्ता गरेकी ऊनले पोर्चुगल, क्रोसिया,जर्मनी, लिथोनिया, सर्भिया लगायतका मुलुकमा कामदारको रुपमा यहाँबाट पठाउँदै आएकी छन् ।

एक महिला भएकै कारण र अरु कन्सल्टेन्सी भन्दा आफ्नो बाट काम छिटोछरितो भएकोले आफूलाई बदनाम गर्न विभिन्न मानिसहरु पछि लागेको मनिषाले बताइन्। यदि मेरो ठाउँमा पुरुष भएको भए न मलाई कसैले केही भन्न सक्थ्यो न बदनाम गराउन नै उनले थपिन ।

यहाँ विभिन्न टिमको नाममा त कतिपय संघ संस्थाका व्यक्तिहरूले पनि पैसा माग्ने धम्की दिने गरेका छन् तर म गलत छैन किन पैसा दिने उनले उद्धार न्यूजलाई जानकारी दिइन् ।

पीडित भनेर देखाउने अनि उसबाट पनि रकम लिएर काम गर्दिन्छु भन्ने र यता पनि यस्तो भएछ नी भन्दै दोहोरो रकम असुल्ने काम भएको छ यहाँ तर म दुबईको कानून अनुसार उनीहरूलाई दायरामा ल्याउने चेतावनी दिइन्।

यदि हिक्मत भए अन्यायमा कोही छन् मबाट भने सीधा मेरो अफिसमा आएर समस्या बताए हुन्छ म समाधान गर्नेछु । तर अनावश्यक लाञ्छना लगाउँदैमा आफू नडराउने र कानुनी उपचार खोज्ने उनले बताइन् ।

https://vt.tiktok.com/ZSjT1yU3g/

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.