नेपाल दोलखाकी महारानी खाडीमा ट्याक्सी गुडाउँदै
दोहा - बुवा छत्र बहादुर शाह र आमा दिल कुमारी शाहकी कान्छी छोरी इन्दिरा शाह उर्फ महारानी युनिक दोलखामा जन्मनु भएको हो । गायन क्षेत्रमा इन्दिरा नामै काफी थियो उति बेलाको समयमा तर अहिले महारानीले देश विदेशमा परिचित हुनुहुन्छ । आफ्नो बाल्यकालको बारेमा महारानीले यसो भन्नु भयो, मेरो बिध्यार्थी जीवन गाउमै बित्यो म जन्मेको गाउँ दोलखा जिल्लाको मकैबारी हो म सानै देखि नाच्ने गाउने, खेल खेल्न अति रुचाउने गर्थे र स्कुलमा हुने हरेक प्रतियोगिताहरुमा म सहभागी हुने गर्थे हरेकमा मैले सफलता पाएको पनि छु ।त्यसै अन्तरगत म राजधानी आएपछि खेलकुद सङ्गै मैले गायन यात्रा सुरुगरे भने मेरो पेसा नै गायन…