सानैदेखि सिलाई कटाईमा रुचि राख्ने गंगादेवी खड्का महिलाहरूको प्रेरणाकी स्रोत
ललितपुर सिन्धुपाल्चोकको मेलम्चीमा जन्मनु भएकी गंगादेवी खड्का सानैदेखि सिलाई कटाईमा रुचि राख्नु हुन्थ्यो । रुचि अनुसार वहाले महिला विकास केन्द्रको तालीममा सहभागी भएर उत्कृष्ट सिकाइबाट प्रथम हुनुभयो।प्रथम भएकोले पनि वहाँलाई केही गरौं जस्तो भयो र आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाउनु भयो । परिवारको जिम्मेवारिसँगै व्यवसाय नै सोच बनाउनु हुँदै हालसम्म वहांले ललितपुरको भैंसेपाटी क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँ बसन्ती ट्रेडर्स एण्ड परीक्षा गार्मेन्टको सञ्चालकको रूपमा व्यापारिक क्षेत्रमा सक्रिय हुनुहुन्छ। स्थानीय क्षेत्रमा व्यवसाय सञ्चालनसँगै ग्राहक सेवा र व्यापार व्यवस्थापनमा उहाँको ठूलो भूमिका रहेको छ। चुनौतीपूर्ण समयलाई पार गर्दै महिला दिदीबहिनीहरुलाई पनि हरेश नखाई कामको निरन्तरता दिन प्रेरणा…