आज मितिः २०८२ कार्तिक २३ गते

नेपाल दोलखाकी महारानी खाडीमा ट्याक्सी गुडाउँदै 

दोहा –

बुवा छत्र बहादुर शाह र आमा दिल कुमारी शाहकी कान्छी छोरी इन्दिरा शाह उर्फ  महारानी युनिक दोलखामा जन्मनु भएको हो । गायन क्षेत्रमा इन्दिरा नामै काफी थियो उति बेलाको समयमा तर अहिले महारानीले देश विदेशमा परिचित हुनुहुन्छ ।

 

आफ्नो बाल्यकालको बारेमा महारानीले यसो भन्नु भयो, मेरो बिध्यार्थी जीवन गाउमै बित्यो म जन्मेको गाउँ दोलखा जिल्लाको मकैबारी हो म सानै देखि नाच्ने गाउने, खेल खेल्न अति रुचाउने गर्थे र स्कुलमा हुने हरेक प्रतियोगिताहरुमा म सहभागी हुने गर्थे हरेकमा मैले सफलता पाएको पनि छु ।त्यसै अन्तरगत म राजधानी आएपछि खेलकुद सङ्गै मैले गायन यात्रा सुरुगरे भने मेरो पेसा नै गायन बन्यो । मैले खेलेको अहिलेसम्मको खेलहरु कराते, भलिबल, टेवुल टेनिस, लङजम्प हाइजम्प र दौड पनि हो तर मैले बिध्यार्थि जिबनमा यि सबै खेल खेले पनि अन्तिममा निरन्तरता कराते र गायन बन्यो ।”

उहाँले थप्नु भयो म करातेको ब्ल्याक बेल्ट हु भने गाएनमा १७/१८ वटा एल्बम निकाली सकेको छु तर यो पेसाले आफ्नो भबिष्य न बन्ने देखेर वैदेशिक यात्रामा लागेकी हु ।

वैदेशिक यात्रामा क्रममा कतार पुग्नु भएकी महारानीले गित गाउन भने छोड्नु भएको छैन निरन्तरता दिइनै रहनु भएको छ । सन् २०१४ को तमुसमाज कतार र गैर आवासिय नेपाली संघको सहकार्यमा भएको कार्यक्रममा लोकदोहोरी विधामा प्रथम पनि हुनु भयो उहाँ।

 

उहाले धेरै संघर्ष पछि कतारमा ट्याक्सी चलाउनू हुन्छ ।ट्याक्सि चलाउन कतिको सहज र चुनौती छ भन्ने प्रश्नमा त्यति सहज त छैन तर हिम्मत नहारी अगाडी बढ्ने कार्य जारिछ चुनौती भने धेरै भोगेको छु अझै कती भोग्न पर्ने हो थाहा छैन महारानीले उद्धार न्यूजलाई बताउनु भयो।

आम्दानीको बारेमा उहाँले भन्नु भो, आम्दानीको हिसाबले आफुलाइ पालेको र अलि अलि समाजसेवा गरेर पनि बचेको नै छ तर पहिलाको हेरि धेरै कम छ पहिलाको हेरि अहिले १०० मा ४० प्रतिशत मात्र काम चलेको छ ।

कस्तो कस्तो पेसेन्जर हुन्छन् भन्ने प्रश्नमा कोहि राम्रा कोहि नराम्रा दुबै प्रकारको भेटेको बताउनु हुन्छ महारानी ।

कति पए पैसा नहुने, कसैमे मेरो आफन्तले दिन्छ भनेर भाग्ने पनि गरेको र कोहि मेरो तलब आएको छैन महिना मरेपछि दिन्छु भनेर पछि फोन नै नउठाउने तितो एथार्थ पोख्नु भयो ।

 

कत्तिको जिस्क्याउछन् केटाहरुले भन्ने हाम्रो जिज्ञासामा उहाँ भन्नुहुन्छ,

खासै जिस्क्याउदैनन कोहि कोहिले भने नम्बर माग्छन म सेयर गर्दिन मलाइ जिस्किएको मन पर्दैन निहु खोजेको खन्डमा म आफै याक्सन लिन्छु ।

 

तपाईं एउटा साहसी महिला पनि हुनुहुन्छ कतारमा पछिल्लो समय नेपाली महिलाहरु अलि छाडा भएको केही घटनाहरू घटेको सामाजिक सञ्जालहरुमा देखिन्छ नी भन्ने सवालमा उहाँ बताउनु हुन्छ,

कतार मैले पाइला टेक्दा २०१३ र अहिले २०२५ लाई हेर्दा आकास पातालको फरक छ देखेको पनि छु छाडा भन्दा महाछाडा छ ।मलाई त्यस्तो मन पर्दैन मैले धेरै देखे धेरै सम्झाए कोहि सम्झिन्न कतिको श्रीमानको बिजोक कतिको श्रीमतीको बिजोग किन लाज नलागेको होला भन्छु कहिले त लाग्छ यहाँ सम्बन्धित निकायमा नै खबर गरी दिउँ जस्तो । अझ मैले मेरो स्टाटसमा लेख्छु र अरूले देखेर उनिहरुलाइ जलन हुने रहेछ ।

 

म त लेख्छु पनि किनकि म सधै सत्यको वकालत गर्ने भएर मेरो बिरोध धेरैले गर्छन तर म डराउदिन उहाँले थप्नु भयो।

के छ कहिले सम्म यो व्यवसाय गर्ने भन्ने प्रश्नमा उहाले भन्नु भयो,

अब सकुन्जेल त काम गर्नै पर्यो हेरौ कहिलेसम्म भगवानले साथ दिनु हुन्छ कसैको आशामा बाच्न नपरोस अहिले जति नाम कमाएर सबैको मन मुटुमा बस्न सफल छु यहि सफलतालाई शिरमा राख्दै मर्दा पनि बिचरा मरिछ सत्य कुराको वकालत गर्थिन् भनुन् भन्ने मनमा लागेको छ ।

 

जिउडाल खाइलाग्दो, खेलाडी, सफा र सुन्दर पहिरनमा चिटिक्क पर्नु भएकी युनिक महारानी साँच्चै महारानी जस्तै देखिनुहुन्छ अनि बिहे नगर्ने भन्ने सवालमा उहाँलें यसो भन्नुहुन्छ, ” कसको जिन्दगी राम्रो र सफल भएको छ र बिहे गरेर ? १०० मा ५ जनाको होइन अनि मेरो के नै राम्रो होला ?

अन्तमा आफूलाई अहिलेसम्म कसैले प्रेम प्रस्ताव राख्न हिम्मत नगरेको उहाँलें जानकारी दिनुभयो ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.