सन् २०१३ मा दुबई प्रवेश गरेका गुल्मीका भुवन नेपाली काम सकिए पछि हरेक दिन संगीतको माहोलमा रमाउँछन् । आफै शब्द रचना गर्छन् , लय निकाल्छन्, बाँसुरी र गितारमा पनि झुम्छन् ।
१२ कक्षा पछि भारतको मुम्बईमा होटल म्यानेजमेन्ट र ग्राफिक डिजाईन सकेर नेपालमा केही गर्ने सोच बनाएर शहर चारेको र अझै पनि जातीय भेदभावमा जकडिएको अवस्था देख्दा उनलाई नमज्जा अनुभूति भएको बताउँछन् उनी ।
केही समय कतारमा स्टोर किपरमा काम गरे लगत्तै दुबई भिजिटमा छिरेर आफै आफ्नो सीप अनुसारको काम शुरू गरेका हुन् भुवनले ।
आफ्नो हातको इलम गरिरहेका उनले दुवईको एक प्रतिष्ठित होटलमा क्याप्टन वेटर गरेर रूम फर्केपछि शब्द रचना र बसुरीमा झुम्न पुग्छन् ।
आफ्नो भोगाइ अनुभव र वास्तविक जीवनलाई गीत मार्फत उतार्न चाहना छ उनको ।
अब छिट्टै एल्बमको तयारीमा रहेका उनले नेपाली युवाहरुलाई छिट्टै कसैको विश्वासमा नपर्न सुझाव दिन्छन् ।
आफ्नो स्किल प्रयोग गर्ने, युट्युब हेर्ने अनि कामको बारेमा बुझेर अगाडी बढ्न पनि उनको सुझाव छ ।