आज मितिः २०८१ मंसिर २६ गते

मेयर बालेनको काम र नामको कारण नै रेष्टुरेण्टको नाम बालेन सिटि राखेको हुँ- गुल्जार साफी

कतारमा कार्यरत भंगहा नगरपालिका वडा नं-१ सिगयिही महोत्तरीका गुल्जार साफी र उनका सहकर्मीहरुको सहकार्यमा खुलेको रेष्टुरेन्टको नाम बालेन सिटी हो । रेष्टुरेण्टको नाम नै बालेन सिटि किन राखियो र कत्तिको चुनौति रहेको छ यस बारेमा साफीसंग उद्धार न्युजले गरेको कुराकानिको सम्पादित अंश ।

 

देशको राजनिती अस्थीरता, बेरोजगारको महामारी, व्यवसाय ठप्पका कारण सन् २०११ मा कतार प्रबेश गरेको साफीले बताउनु भयो । पारिवारिक स्थिति बच्चाहरुको अध्ययनलाई उकास्न कतार आउनु परेको उहाँको भनाई छ ।

 

विदेश जान्छु र घरको समस्या पनि समाधान गर्छु भन्ने उदेस्यले प्रवेश गरेको हुँ । सुरुदेखि नै आफुलाई विजिनेस गर्ने शोख भएकोले पनि त्यहि उदेस्य बोकेर यस ब्यबसायमा हात हालेको उहाँले जानकारी दिनु भयो ।

 

कतारमा रेस्टुरेन्ट धेरै नै छ कम्पिटिसन गर्न चुनौति रहेको अवस्थामा आप्mनो रेष्टुरेण्ट अलिक फरक किसिमको रहेको साफीले बताउँनु भयो ।

नेपाली खाना नेपालीको लागि मात्र भयो तर कुनै इण्डियाको रेष्टुरेण्टमा गयो भने त्यहाँ हरेक देशका मानिसहरुले खाई रहेका हुन्छन । जस्तो मेरो पनि साथीहरु भारत, चाइनिज, फिलिपिन्स, बंगलादेशको छ भने उनीहरुको टेस्ट पनि दिउ भन्ने मेरो मान्यता हो । जस्तो नेपालमा पनि मधेश तिर र पहाड तिरको टेस्ट त फरक पर्छनि त्यसैले जुन देशको मान्छे आएपनि उनीहरुलाई त्यो खाना उपलब्ध हुन्छ । त्यसमा उनीहरु फर्केर जानु पर्दैन । जुन देशको आए भने मैले तेही देशको मान्छे पनि राख्दिने व्यवस्था गर्दै छु उहाँको भनाई छ ।

 

रेष्टुरेण्टको नाम बालेन सिटि नै किन राख्नु भएको भन्दा उहाँ बताउनु हुन्छ, मैले बालेन सरको नामबाट राख्नुको कारण चाहि उहाँलाई देशमात्र होइन विस्वमा रहेका नेपाली त छदैछ अझ अरुले पनि चिनेको कारण वहाको नामबाट रेस्टुरेन्टको नाम राखेको हुँ । वहाको कामबाट जसरि मानिसहरु सन्तुष्ट भएका छन् त्यस्तै मेरो रेस्टुरेन्टमा पनि मानिसहरु आएर खाएर संतुष्टि भएर जाउन भन्ने उद्देस्यले यस्तो नाम राखिएको हो।

 

आरम्भमा १३ जना स्टाफबाट शुरु गरिएको रेष्टुरेन्टमा १०० भन्दा बढी परिकारका नेपाली ,इन्डियन, अरेबिक, चाइनिज र फिलिपिनो खानाका परिकार उपलब्ध रहेको छ।

दोहाको अल साद मेट्रो स्टेसन नजिक मेरो बालेन सिटी रेष्टुरेन्ट रहेको छ । पर्याप्त पार्किङ र मुख्य सडकमा रेष्टुरेन्टले खानाका पारखीहरुको चाहना पूरा गराउने उद्धेश्य रहेको बताउनु भयो । ७ जनाले खान मिल्ने ५० थरीका खानाको परिकार समेटिएको बहुबली थाली सेट यहाँको मुख्य मेनुको रुपमा रहेको उहाँले जानकारी दिनु भयो।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.