ललितपुर
सिन्धुपाल्चोकको मेलम्चीमा जन्मनु भएकी गंगादेवी खड्का सानैदेखि सिलाई कटाईमा रुचि राख्नु हुन्थ्यो । रुचि अनुसार वहाले महिला विकास केन्द्रको तालीममा सहभागी भएर उत्कृष्ट सिकाइबाट प्रथम हुनुभयो।प्रथम भएकोले पनि वहाँलाई केही गरौं जस्तो भयो र आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाउनु भयो ।
परिवारको जिम्मेवारिसँगै व्यवसाय नै सोच बनाउनु हुँदै हालसम्म वहांले ललितपुरको भैंसेपाटी क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँ बसन्ती ट्रेडर्स एण्ड परीक्षा गार्मेन्टको सञ्चालकको रूपमा व्यापारिक क्षेत्रमा सक्रिय हुनुहुन्छ। स्थानीय क्षेत्रमा व्यवसाय सञ्चालनसँगै ग्राहक सेवा र व्यापार व्यवस्थापनमा उहाँको ठूलो भूमिका रहेको छ।
चुनौतीपूर्ण समयलाई पार गर्दै महिला दिदीबहिनीहरुलाई पनि हरेश नखाई कामको निरन्तरता दिन प्रेरणा दिनुहुन्छ वहा । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै र व्यवसायलाई पनि निरन्तरता दिँदै आउनु भएकी खड्का नेपालको विभिन्न स्थानहरूमा सक्रिय भएर भाग लिनु भई सम्मान र पुरस्कृत पनि हुनु भएको छ । सवा नेपालको उच्च पदमा रहेर काम गर्दै आउनु भएको वहाले सवा नेपाल संस्थामा आबद्ध थुप्रै दिदीबहिनीहरुको सहकार्यमा नाम चलाउनु भएको छ । बोर्डमा रहेर सक्रिय भूमिका खेल्नु भएको खड्काले अझ सक्रिय भएर काम गर्ने बताउनु हुन्छ।
सामाजिक संजाल, सूचना र प्रविधिमा उत्तिकै चासो र सक्रिय हुदै उहाँ सात बर्ष पहिलेदेखि उद्धार मीडिया प्रालिसंग आबद्ध हुनुहन्छ। हाल वहा उद्धार मिडिया प्रालिको प्रबन्ध निर्देशक हुनुहुन्छ ।
टोल सुधारदेखि वडा र पालिकामा पनि सक्रिय रूपमा महिला दिदीबहिनीहरुको हकहितका लागि सहयोग गर्दै आउनु भएको छ। विभिन्न क्लब र सामाजिक संघ संस्थामा आबद्ध खड्काले आफ्नै व्यक्तिगत रूपमा गरिब, दिनदूखिहरुलाई खाद्यान्न तथा लत्ताकपडा बितरण गर्दै आउनु भएको छ ।
व्यवसायकै शिशिलामा बङ्गलादेश, मलेसिया तथा विभिन्न मुलुकमा गार्मेन्टका नेपाली उत्पादनको स्टलहरु राख्दै परिचित गराउनु भएको छ ।
हाल खड्काले आफ्नो परिवारको सहयोगमा नयाँ प्रविधि सिक्दै व्यवसायलाई अझ बिस्तार गर्दै अन्तराष्ट्रियस्तरसम्म पुर्याउने लक्ष्य राख्नु भएको छ।