आज मितिः २०८३ आश्विन १८ गते

नेपाल बराम समाजको पहिलो फुटसल उपाधि थुमी क्लबलाई

काठमाडौं –

नेपाल बराम समाजले आयोजना गरेको पहिलो फुटसल प्रतियोगिताको उपाधि थुमी क्लबले जितेको छ। शनिबार काठमाण्डौंको बुढानिलकण्ठमा सम्पन्न प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै थुमी क्लबले उपाधि जितेको हो।


समाजले आयोजना गरेको प्रतियोगितामा देशभरका २४ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा थुमी क्लब ए, बि र सी, कल्लेरी क्लब ए र बि, धादिङ यूवा क्लब, सपुङ्गे, क्लब, छोप्राक, वयाक, धुवाकोट, च्याङ्ली, माझथर, सातदोबाटो, पन्द्रुङ, चुरुङ, आरुखर्क, पैका डाँडागाँउ, अलैचे, गाउँले एकता क्लब, बालुवा, जराङ, फूजेल, बगुवा र मसेलको टिम सहभागी थिए ।


प्रतियोगिताको फाईनल गाउँले एकता क्लब र थुमी क्लब बीच भएको थियो । फाईनल खेलमा थुमी क्लबले गाउँले एकता क्लबलाई ३ गोल गर्दै उपाधी चुमेको हो । गाउँले एकता क्लबले २ गोल गर्न सफल भयो ।

समाजमा आबद्ध युवाबीच आपसी भाइचारा, सहकार्य र खेलकुदको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल बराम समाजका अध्यक्ष सागर बरामले बताउनु भयो । त्यस्तै बराम समाजबाट उत्कृष्ट खेलाडि तयार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्धेश्य रहेको कार्यक्रमका संयोजक विक्रम बरामले जनाउनु भयो ।


कार्यक्रममा १६ बर्ष मुनिका फुटबल खेलमा देश तथा विदेशमा खेलेर बरामको नाम राख्न सफल भएका अनिश बरामलाई सम्मान गरिएको थियो ।

प्रतियोगिताको समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई नगद, ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा समाजका पूर्ब अध्यक्षहरु तथा प्रेम बराम, भैरब बराम लगायतले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार बितरण गर्दै खेलाडीलाई हौसला प्रदान गर्नु भएको थियो ।


आयोजकले आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.