आज मितिः २०८३ बैशाख ६ गते

दक्ष कामदारलाई युएईमा राम्रो अवसर छ- सुरेश कुमार उराँव

रोजगारीको गन्तव्य बनेको खाडी मुलुक मध्ये युएई अग्रपङ्तीमा पर्दछ । रोजगारीको सिलसिलामा नेपाली युवायुवतीको रोजाइ परेको मुलुक पनि हो युएई ।

यहाँ धेरै काम अनि कमाउने अवसर रहेको बताउनुहुन्छ मेडिकल क्षेत्रमा काम गर्दै आउनु भएका कोशी २ सुनसरीका सुरेश कुमार उराँव ।

दस प्लस दुईको अध्ययनपछि एचए गर्नु भए लगत्तै भारतको बैङ्लौरबाट उहाँले ब्याच्लर अफ मेडिकल इमेजिन टेक्नोलोजी ९बिएमआइटी० मा डिग्री गर्नु भयो । त्यस लगत्तै करिब ४ बर्ष विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा काम गर्नु भएका उराँवले आफ्नो योग्यता अनुसारको तलब नभए पछि विदेशको सोच बनाउनु भएको बताउनु भयो ।एक बर्ष पहिले सन् २०२३ मा दुबई भिजिटमा प्रबेश गर्न भएका सुरेशले आफनो क्षेत्रको कामको लागि युएईका शहरहरुमा बुझ्न थाल्नु भयो । ६ महिना होम केयरमा काम गर्दैगर्दा मेडिकल क्षेत्रमा आवश्यकता खुले पछि वहाँले चेन्ज गर्नु भयो ।

मेडिकल क्षेत्रमा यहाँ आएर काम गर्नको लागि डिएचए अथवा दुबई हेल्थ अथोरिटी पढ्नु पर्ने हुन्छ यसको लागि नेपालमा वा दुबई आएर गरे पनि हुने उहाँले जानकारी दिनुभयो । सोही अनुसार उहाँले त्यो अध्ययनपछि दुबईस्थित ब्रुजमानमा रहेको मेडियोर २४×७ अस्पतालमा आवश्यकता खुलेपछी आफ्नो योग्यताको जागिर पाउनु भयो । हाल उहाँ त्यही अस्पतालको रेडियोलोजी टेक्नोलोजीस्टमा ८ घण्टा कार्यरत हुनुहुन्छ ।

करिब दुई लाख रुपैया उहाँको अहिलेको आम्दानी रहेको छ ।
नेपाली डाक्टर तथा स्टाफ नर्सहरुको लागि पनि नेपालको आम्दानी भन्दा युएईमा राम्रो आम्दानी रहेको बताउनुहुन्छ उराँव ।

आफ्नो सीप छैन भने सीप सिकेर आउँदा अन्य क्षेत्रमा पनि राम्रो अवसर रहेको बताउदै उहाँको भनाइमा भिजिटमा आउने अनि सीप छैन भने यहाँ निकै गाह्रो हुने र समस्यामा परिने बताउनुहुन्छ उहाँ ।
नेपालमा नै राम्रो तरिकाले यहाँका कम्पनिहरुको अध्ययन गर्ने र अनरबार्ता दिएर आउँदा राम्रो हुने बताउनु भयो । दुबई आउँदा जागीरको लागि linkdin र indeed मा हेर्ने यहाँ आवश्यकताहरु हुनेछन र आफ्नो सीप अनुसारको जागीर खोज्ने र आवश्यक कागजात पठाउने गर्नुपर्ने उहाँले बताउनु भयो । यसो गर्दा यहाँ आएर अलपत्र पर्ने वा नेपाल फर्कनु पर्ने हुदैन ।
सबैसङ्ग मिलनसार, अनुशासित, धेरै नबोल्ने उराँवलाई सबैले डाक्टर साप भनेर बोलाउने गर्छन । सबैलाइ सकारात्मक सुझाव सल्लाह दिने उहाँले ड्युटीको समय मिलाएर शारीरिक ब्यायमको लागि जिम जानू हुन्छ ।
कृषि पेशामा आवद्ध उहाँको घर परिवारमा एक दाजु प्रहरी सेवामा र एक दिदी हुनुहुन्छ । देशको अवस्था र युवाहरु विदेश पलायन भएको देख्दा उहालाई नमज्जा लागेको बताउनु हुन्छ । यसको न्यूनीकरणको लागि सरकारले आफ्नो क्षमताको मुल्यांकन गर्दै निश्चित स्यालरी तोकेर देशमा नै रोजगारी दिनु उत्तम हुने बताउनु भयो । सात आठ लाख खर्च गरेर मासिक १५ हजारमात्र आम्दानी गरेर कसरी बाच्ने नेपालमा उहाँको भनाइ छ ।

विदेश जानू अघि आफू के काम र त्यो काममा दक्ष छु छैन भनेर बुझेर जान वा आउन उहाले सबैलाइ सुझाव दिनु भयो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.