आज मितिः २०८३ श्रावण १५ गते

विदेश

भ्रष्टाचार आरोपमा मुख्यमन्त्री केजरीवाल पक्राउ

भ्रष्टाचार आरोपमा मुख्यमन्त्री केजरीवाल पक्राउ

चैत ९, शुक्रबार, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि ईडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो। दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन्। साथै पक्राउविरुद्ध पार्टी सर्वोच्च अदालत पुगेको पनि उनले बताएका छन्। हालै झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो। दिल्लीमा यसअघि शिक्षामन्त्रीसमेत रहेका उपमुख्यमन्त्री मनीष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पनि भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो। दिल्लीमा कथित शराब मामिलामा करिब १०० करोड भारतीय रुपैयाँबराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ।
Read More
इजरायल र हमासबीच पुनः वार्ता हुँने

इजरायल र हमासबीच पुनः वार्ता हुँने

चैत ४,आइतबार काठमाण्डौ – इजरायल र प्यालेस्टिन बिद्रोही समूह हमासबीच पुनःआजदेखि वार्ता हुने भएको छ । कतारमा झण्डै एक महिना चलेको वार्तामा निष्कर्ष ननिस्किएपछि रोकिएको वार्ता पुनः आजदेखि शुरु हुन लागेको एएफपीले जनाएको छ । रमदानको शुरुवातपछि पहिलो पटक इजरायली अधिकारी र हमासका नेताहरू वार्ता गर्न लागेका हुन् । रमदान शुरु हुनुअघि नै ६ हप्ताको लागि युद्धविराम गर्ने तयारी गरेको भए पनि हमासले गाजामा स्थायी युद्धबिराम नहुने कुनै पनि सम्झौता नमान्ने बताएपछि सहमति भएको थिएन । इजरायली सेना गाजामा दुई मुख्य सडकबाट हट्नेछ । खाद्यान्नको चरम अभाव भएको उत्तरी क्षेत्रमा सहायत सामाग्री सहज रुपमा पुर्‍याउन सहजिकरण गर्ने पनि वार्ताले सहमति…
Read More
युएई पुगेका १९ नेपालीको बिचल्ली

युएई पुगेका १९ नेपालीको बिचल्ली

चैत ३, शनिबार खोटाङ- जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका थिए। एकाघरका दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर मेची इन्टरनेसनल ओभर्सिज प्रालि काठमाडौंमार्फत चार महिनाअघि युएई पुगेका हुन्। प्रतिव्यक्ति एक लाख ९९ हजारका दरले एजेन्टलाई धरौटी रकम बुझाएर युएई पुगेका राई दाजुभाइसहित १९ नेपाली युवा तोकिएको काम र दाम नपाउँदा अहिले अलपत्र परेका छन्। कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा उनीहरुसँगै सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारीमगर, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही,…
Read More
अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित

अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित

चैत १, बिहिबार काठमाण्डौ – अमेरिकी तल्लो संसद हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकलाई प्रतिबन्ध लगाउने एउटा ऐतिहासिक विधेयक पारित गरेको छ । विधेयकमा टिकटकको चिनियाँ मुल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमेरिकी कम्पनीलाई दिनुपर्नेछ, नत्र अमेरिकाभर सधैँका लागि बन्द हुने उल्लेख छ । तल्लो सदनबाट दुई तिहाई बहुमतले यो विधेयक पारित भए पनि यसलाई माथिल्लो सदन सिनेटले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ । तर पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने विषयमा बोली फेरेपछि सिनेटबाट यो पारित हुनेरनहुनेमा शङ्का छ । यसअघि ट्रम्प नै राष्ट्रपति हुँदा अमेरिकामा टिकटक प्रतिबन्धमा परेको थियो, तर अदालतको आदेशका कारण यो निर्णय…
Read More
नेपाली सहयोगी हातहरुको अध्यक्षमा शिवाकोटी

नेपाली सहयोगी हातहरुको अध्यक्षमा शिवाकोटी

दुबई- दुबईमा स्थापित नेपाली सहयोगी हातहरुको अध्यक्षमा दीपक कुमार शिवाकोटी निर्विरोध निर्वाचित हुनुभएको छ । आईतवार रास अल खैमामा बृहत बनभोज तथा भेटघाट कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा विजय अधिकारी, महिला उपाध्यक्षमा विष्णुमायाँ पाण्डे, उपाध्यक्ष दीलबहादुर गुरुङ, महासचिव ओसिङ राना, सचिव विष्णु कुमाल, सह सचिव राम भण्डारी, कोषाध्यक्ष नर बहादुर थापा, सह कोषाध्यक्ष टेक बहादुर आले र सदस्यहरुमा तारा गुरुङ, जुनुमाया खत्री, नुन बहादुर आले, सिता नगरकोटी, माया मगर, विन्दु गिरी, ईश्वरी अर्याल र लक्ष्मी गैरे चयन हुनु भएको छ । नारायण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली समाज दुबईका वरिष्ठ उपाध्यक्ष कमल गिरीले…
Read More
हङकङको कमाइ गाउँमा समाज सेवा

हङकङको कमाइ गाउँमा समाज सेवा

मोरङ- रोजगारीका लागि हङकङ पुगेका मोरङ उर्लाबारीका याम सेम्बु लगायत युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५ लाख ५० उपलब्ध गराएका थिए । सो रकमले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ । कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए । विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको…
Read More
यूरोप अमेरीका जान दुवइमा युवाहरुको लर्काे, रोकिएन एयरपोर्ट सेटिङ

यूरोप अमेरीका जान दुवइमा युवाहरुको लर्काे, रोकिएन एयरपोर्ट सेटिङ

काठमाण्डौं- यूरोप अमेरीका जान दुवइमा युवाहरुको भीड नै लागेको छ । भिजिटमा नेपालबाट दुबई आउने र यहाँ चार पाँच महिना बसे पछि यूरोप र अमेरीका छिर्ने क्रम बढ्दो छ । वैदेशिक रोजगार विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्राको परामर्श सम्बन्धी सूचना जारी गरे पनि एयरपोर्ट सेटिङ भने रोकिएको छैन । दुबईमा भिजिटमा आएर काम खोजेर गर्नेको संख्या पनि उत्तिकै छ । मेन पावरबाट आउँदा काम धेरै गर्नु पर्ने तलब सुविधा कम भएकोले पनि भिजिटमा आएर काम खोजि गरि बस्ने गरेका छन् । भिजिटमा आउनेहरुलाई त्यसैले एअरपोर्टमा कडाई गरिएता पनि सेटिङ भने रोकिएको छैन । एअरपोर्ट भित्र प्रहरीको अनुसन्धान टोलीले…
Read More
पोर्चुगलमा सडक दुर्घटनामा परेर घाइते नेपाली चेलीले भनिन्- मलाई उद्धार गर्नुहोस्

पोर्चुगलमा सडक दुर्घटनामा परेर घाइते नेपाली चेलीले भनिन्- मलाई उद्धार गर्नुहोस्

काठमाण्डौं- पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परे पछि उनले उद्धारको लागि अनुरोध गरेकिछिन्। वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी मरिण–३ सिन्धुलीकी २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन्। हिप फ्याक्चर भई देब्रे खुट्टा नचल्ने भएपछि पीडित मोक्तान ओछ्यानमै थला परेको एक महिना हुन लागेको छ। सामान्य उपचारबाट समेत बञ्चित भएकी उनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गए पछि उनले उपचारको लागि उद्धारको गर्न अनुरोध गरेकि हुन् । । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन्। गत जनवरी…
Read More
आगलागीमा परी स्कटल्यान्डमा दुई नेपाली दिदीबहिनीको मृत्यु

आगलागीमा परी स्कटल्यान्डमा दुई नेपाली दिदीबहिनीको मृत्यु

  स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ। गत सोमबार साँझ ६ बजे भएको आगलागीमा एबरडिनको अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको मृत्यु भएको हो। छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तलामा रहेका उनीहरु आत्तिँदै भुइँ तलामा झर्दा धुवाँको मुस्लोले निस्सासिएर बेहोस भएका र पछि निधन भएको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले जनाएका छन्। पूर्वप्राध्यापक डा। यज्ञराज सुवेदीका छोरीहरू हुन्।  
Read More
दिल्लीमा भीषण आगलागी, चार सयभन्दा बढी गाडी जले

दिल्लीमा भीषण आगलागी, चार सयभन्दा बढी गाडी जले

भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएका छन्। स्थानीय अग्नि सेवा विभागले जनाएअनुसार उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेशनको एउटा भण्डारमा आगलागी भएको हो।niekto je ostrý ako britva sport expander brandon aiyuk shirt aiyuk jersey custom soccer shirts net revenue calculation sottoveste trasparente amazon nike re issues byxor och tröja brandon aiyuk youth jersey amplificador altavoces sport expander nike goalkeeper gloves purple pringles ηχειο diego delle palme projektor állvány गाडीहरू गोदाममा राखिएको स्थानमा आगलागी हुँदा धेरै सवारीसाधनमा क्षति भएको हो। आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो। आगलागीमा परी नष्ट भएका सवारीसाधनलाई स्थानीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.