आज मितिः २०८३ बैशाख ९ गते

राजनीतिका कारण नेपालमा व्यवसाय गर्ने वातावरण नै छैन – रमेश महोत्रा

-दुबईको बर दुबईमा नेपाली, ईण्डियन र चाईनिज खानाको परिकार पाईने शान्त वातावरणमा चिटिक्क परेको रेष्टुरेण्ट रहेको छ जसको नाम हो द ब्लु कार्ट रेष्टुरेण्ट । नेपालीको चहल पहल हुने मिना बजार नजिकै रहेको द ब्लु कार्टमा संञ्चालक तीन मध्ये एक रमेश महोत्रा सधै रेष्टुरेण्टमा भेटिन्छन् ।

एसएलसि सम्मको अध्ययन पछि भारतको एक गेष्ट हाउसमा वेटरको काम गर्न पुगेका रमेशले ४ बर्ष भारतमा नै विताए । सन् २००० मा २३०० भारुबाट काम गरेका उनले उति बेला राम्रो आम्दानी गरेको बताउँछन् । उनि नेपाल गए लगतै अर्काे देश जाने सोच बनाए ।

अध्ययन र मध्यम रकमका कारण खाडी नै उनको रोजाईमा प¥यो र दुबईको लागि उनले केहि मेनपावर बुझ्न थाले । दुबईको यस फेसन कम्पनिमा टेक्सटाईलमा कामको लागि उनले अन्तर्बार्ता दिए र उनि पास भए पछि सन् २००५ मा दुबई उडे । उनले यस कम्पनिमा २०२३ सम्म काम गरे पछि कम्पनि चेञ्ज गरे । उनले एक कस्मेटिकमा काम गर्न थाले । शुरुमा १२०० दिरामबाट काम शुरु गरेका उनले ६००० दिरामसम्म कमाए ।

विश्व नै कोरोनाको महामारिले आक्रान्त भएको बेला दुबई पनि सुनसान थियो । ३ महिनासम्मको रुम भित्रको बसाई पछि आधा तलवमा काम गर्नु परेको बताए उनले । अब नेपालमा नै केहि गर्छु भनेर करीब ७० दिन ठाउँ हेरे उनले जतागयो सटरहरु खालि छन्, मानिसहरु छैनन् फेरी केहि काम गर्न प¥यो राजनीतिमा पस्नु पर्ने अवस्था देखेर उनि फेरी दुबई हान्निए । दुबईमा कुनै झन्झटिलो नहुने स्वतन्त्र रुपमा र सिस्टममा व्यवसाय गर्न पाईने हुनाले साथीहरु मिलेर यो रेष्टुरेण्ट खोलिएको हो ।


रेष्टुरेण्ट भन्दा पहिले एक कन्ट्रयाक्टिङ कम्पनि पनि खोलिएको तर कामबाट घाटा भए पछि त्यसबाट पछि हटेको बताए रमेशले । २०२४ को जुन महिनाबाट रेष्टुरेण्ट संञ्चालनमा ल्याएको र यसमा तीन लाख दिराम वा करीब एक करोड १० लाख नेपाली रुपैया लगानिमा शुरु गरेको उनले जानकारी दिए ।

उनको रेष्टुरेण्टमा विहान समोसा, स्याण्ड्युच, पकौडा देखि पुरी तर्कारी नास्ताको रुपमा पाईन्छ भने चिकन, मटन र बफका आईटम पनि पाईन्छ । सेकुवा, छोयला देखि चटपटे र पानीपुरीको स्वाद पनि पाईने छ । थुक्पा, मःम र चाउमिन भेज तथा नन भेज पनि उपलब्ध रहेको छ । व्यवसाय सूरक्षित छ, नेपालमा जस्तो यहाँ कसैले हप्ता अशुलि गर्ने चोर्ने गर्दैनन् उनले थपे ।

दुबईको रेष्टुरेण्ट व्यवसाय गर्दैगर्दा नेपालको अहिलेको राजनीति अवस्था र युवाहरु पलायनको बारेमा कुराकानि गर्दा उनि भन्छन्, अहिलेको पुस्ताले युवा पुस्तालाई पुस्तान्तरण नगरेसम्म देशमा केहि प्रगति हुदैन ।

दुई दशक दुबईमा विताई रहेका उनलाई नेपालीहरुको अवस्थाको बारेमा के कस्तो बुझ्दा व्यवसाय गर्नेहरु, कम्पनिमा काम गर्ने धेरै नेपालीहरुको राम्रो नै रहेको बताए । तर यहाँ कहिलेकाहिँ नेपाली दाजुभाईहरुले दारु पानी पनि बढि नै खाने, आपसमा झै झगडा पनि गर्ने गरेकोमा नमज्जा लागेको बताए । फेरी नेपालीबाट नै नेपालीहरु ठगिदै गएकोले अलि सतर्क हुन सुझाए उनले ।

प्रस्तुति:- रवि भट्ट / बर दुबई

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.