चितवन :
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको आयोजनामा प्रथम हरितालिका तीज गीत प्रतियोगिता होटल गंगोत्री सौराहा रत्ननगर नगरपालिका ०१, टाँडीमा गर्ने भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गर्न लागीएको उक्त कार्यक्रम समय सान्दर्भिक विषय “प्रवास र प्रवासीको भावनासँग केन्द्रित ” शिर्षकमा तीज गीत प्रतियोगिता गर्न लागीएको छ ।
देश तथा विदेशमा छरिएर रहनुभएका चितवनका दिदिबहिनीलाई मध्यनजर गर्दे उनिहरुमा भएको प्रतिभाको खोजी गर्ने , कला तथा संस्कृतिका जगेर्ना गर्ने , र चितवन जिल्लाभरीका नारीहरुलाई एकआपसमा भेटघाट तथा परिचयात्मक कार्य गर्ने उद्देश्यका साथ तीज गीत प्रतियोगिता गर्ने लागेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष दिपक गौतम, वरिष्ठ उपाध्यक्ष लाल बहादुर भट्ट, सचिव हरि प्नसाद न्यौपाने तथा कार्यक्रम संयोजक नेत्र जी पन्तले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमा उपस्थित सम्पुर्ण चेलीबेटीहरुलाई सम्मान साथै दरको पनि व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय संयोजक प्रकाश लामिछानेको पहलमा चितवन समाज यु ए ई, चितवन सम्पर्क समिति दक्षिण कोरिया, चितवन समाज जापान, चितवन समाज कुवेत, चितवन सेवा समाज साइप्रस, चितवन सेवा समाज दोहा कतार, चितवन समाज इजरायल ,चितवन सेवा समाज बहराइनद्धारा आर्थिक सहयोग प्राप्त भएको छ । कार्यक्रमलाई सभ्य भव्य तथा सफलताको कामना गर्दे संस्थाकै सल्लाहकार तथा विभिन्न समिति उपसमितिका बौद्धिक व्यक्तित्वहरु मार्फत पनि आर्थिक सहयोग प्राप्त भएको व्यवस्थापन समितिका संयोजक तथा संस्थाका द्वितीय उपाध्यक्ष ईश्वर राज अधिकारीले बताउनु भयो ।
सो कार्यक्रमको मुख्य प्रायोजक सेन्ट्रल कलेज रहेको छ । शुसिल लम्साल राम हरी गैरे अमेरिका हिमाल हाउजिङ्ङ्ग एण्ड के.वि प्रिफ्याव, कन्स्ट्रक्सन कं.प्रा.लि. मणिरत्न सुन चाँदी पसलले क्रमश प्रथम द्धितिय, तृतिय र सान्त्वना पुरस्कार प्राप्त भएको छ, सोफा हफ लंकु,नारायणी सामुदायिक हस्पिटल,श्री कृष्ण सुन चाँदी पसल,लोकमान एण्ड सन्स सुन चाँदी पसल,विदुर के.सी नेपाल अष्ट्रेलियन अभिभावक संघ, मुक्ति राम खरेल ,क्षेत्र प्रसाद देवकोटा ,ग्लोबल गेट वे बाट आर्थिक सहयोग गर्नु भएको छ र त्यस्तै गरी बालाजी ट्रेडर्स रत्ननगर बाट खाद्यान्न तथा पानी जिल्ला दुग्ध विकास सहकारी बाट दुध सहयोग भएको छ भने अमृत मिरश्रबाट ब्यानर र मुन स्टार फुडब प्रोडक्सनबाट आइसक्रिम सौजन्य भएको छ ।
कार्यक्रमलाइ रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले उद्घाटन गर्नेछन । कार्यक्रमको अफिसियल मिडिया उद्धार न्युज डट्कम रहेको छ ।