आज मितिः २०८३ बैशाख ९ गते

चितवन समाज यूएईले सेप्टेम्बर १ मा तीज विशेष कार्यक्रम गर्ने

बर दुबई-

महिलाहरुको महान तथा पवित्र चाड हरितालिका तीजको अवसरमा चितवन समाज युएईले भब्य कार्यक्रमको आयोजना गर्ने भएको छ । चितवन समाज युएईले आउँदो सेप्टेम्बर १ तारिख आईतबार बर दुबईमा तीज बिशेष कार्यक्रम गर्न लागेको हो ।

विदेशमा छरिएर रहनुभएका चितवनका दिदिबहिनीलाई मध्यनजर गर्दे, कला तथा संस्कृतिका जगेर्ना गर्ने र चितवन जिल्लाभरीका नारीहरुलाई एकआपसमा भेटघाट तथा परिचयात्मक कार्य गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको चितवन समाज दुबईका अध्यक्ष विजय अधिकारीले जानकारी दिनुभयो ।

यही सेप्टेम्बर १ तारीख आइतबार विदाको दिनमा बर दुबईको भेजेटरीयन खाना रेष्टुरेण्टमा दिनको ३ बजे बाट कार्यक्रम सुरु गरिने चितवन समाज युएईका महा सचिव दीपक शीवाकोटीले बताउनु भयो । सो कार्यक्रममा चितवन जिल्लामात्र नभई अन्य जिल्लाका समाजसेवीहरुको पनि उपस्थिति रहने छ ।

उक्त कार्यक्रमा उपस्थित सम्पुर्ण चेलीबेटीहरुलाई शुभकामना तथा दरको पनि व्यवस्था गरिएको छ । उता चितवन सेवा समाजको केन्द्रीय कार्यालय चितवनले भने जिल्ला स्तरीय तीज गीत प्रतियोगिता नै गर्न लागेको छ । अन्तर्राष्ट्रिय रुपमा परिचित चितवन समाज युएईले नेपालको प्रतियोगितालाई आर्थिक सहयोग पनि गरेको छ ।
बर दुबईको उक्त रेष्टुरेण्टमा युएईमा रहनु भएका सम्पूर्ण महिला दिदिबहिनीहरुलाई उपस्थितिको लागि संस्थाले निमन्त्रणा गरेको छ ।

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.