आज मितिः २०८२ असार २५ गते

बोन म्यारो क्यान्सर पीडित १८ वर्षीय विवेक सिम्खडाको जीवन बचाउन सहयोगको अपिल

चितवन-

चितवन जिल्ला कालिका नगरपालिका वडा नं ६ का १८ वर्षीय विवेक सिम्खडाले बोन म्यारो ब्लड क्यान्सर भए पछि आर्थिक अभावका कारण सहयोगको अपिल गरेका छन् ।

विष्णुप्रसाद सिम्खडा र सावित्री खनाल सिम्खडाका छोरा १८ वर्षीय विवेक सिम्खडा कडा रोग बोन म्यारो ब्लड क्यान्सरबाट पिडित भएका छन् । यस रोगबाट ग्रसित भई त्रिभुवन शिक्षण अस्पतालको अन्कोलोजी वार्ड, बेड नं १५७०७ को सैयामा उनि रहेका छन् ।

डा। अन्जन श्रेष्ठबाट उपचार भइरहेको र निजको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले १८ वर्षीय विवेक सिम्खडाको जीवन रक्षाको लागि आवश्यक सहयोगको अनुरोध उनका परिवारले गरेका छन् । हालसम्म उपचारमा ५ लाख भन्दा बढी खर्च भइसकेको परिवारले बताएका छन् । थप उपचारका लागि चिकित्सकका अनुसार विवेकको करिब ७० लाख भन्दा बढी रकम आवश्यक छ।

विवेकका आमा सावित्री खनाल सिम्खडा र बुबा विष्णु प्रसाद सिम्खडाले छोराको जीवन बचाउन नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगको अपिल गरेका छन्। विवेक धादिङ जिल्लाको ज्वालामुखी साविकको मैधी गाविसका बासिन्दा हुन्, र हाल बसाई सरेर चितवनको सूर्यपुर, शिव पंचायान टोलमा बसोबास गर्दै आइरहेका छन्।

विवेक सिम्खडाको उपचारका लागि सहयोग गर्न चाहने व्यक्तिहरूले बैंक खातामा प्रत्यक्ष जम्मा गर्न

बैंक: Global IME Bank
खाताधनीको नाम: Sabitri Khanal
खाता नम्बर: 11307010004314
GoFundMe मार्फत:
लिंक: Help Me Beat Acute Leukemia: A Chance at Life
प्रत्यक्ष सम्पर्क:
आमा, सावित्री खनाल सिम्खडा: 9845341314
बुबा, विष्णु प्रसाद सिम्खडा: 9869326119
काका, दीपक सिम्खडा – 96870550 (cyprus)
By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.