आज मितिः २०८२ जेष्ठ ३२ गते

दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण, ‘मिस्टर गुरुङ एन्ड टिम’ को उद्धार (भिडिओसहित)

दुबई-

नेपालीहरुले दुबईमा कम्पनि खोलेर नेपालीमाथि नै श्रम शोषण गर्ने गरेको उदाहरण प्रसस्तै भेटिन्छन् । नेपालका थुप्रै मेनपावरहरु त्यस्ता कम्पनिसंग मिलेर नेपाली युवा युवतीहरुलाई दुबई उतारेर श्रम शोषण गरेको पाईएको हो ।

यस्तै एउटा उदाहरण हो दुबईस्थित अमरबहादुर हस्पिटालिटी सर्भिसेज।

यस कम्पनिले नेपाली चेलिबेटी माग गर्ने, माग गरेबमोजिमका नेपाली महिला दुबई पुगेपछि श्रम सम्झौताअनुसारको काममा नलगाउने, सम्झौतामा भएअनुसारको तलव पनि नदिने र त्यसविरुद्ध आवाज उठाउनेमाथि कुटपिट गर्ने अमरबहादुर हस्पिटालिटी सर्भिसेजले गरेको पाईएको हो।

यस सर्भिसेजले त्यहाँ कामदार सप्लायर्सको काम गर्दै आएको छ ।

अमरबहादुर हस्पिटालिटी सर्भिसेजको अमानवीय व्यवहारमा परेकी एक युवती अहिले दुबईमा कार्यरत सामाजिक संस्था ‘मिस्टर गुरुङ एन्ड टिम’ को सम्पर्कमा पुगेपछि सो त्यसको वास्तविक सतहमा आएको हो ।

कुस्मा श्रेष्ठ नाम गरेकी २२ वर्षीया ती युवतीको श्रम शोषण पछि ‘मिस्टर गुरुङ एन्ड टिम’ को सम्पर्कमा पुगे पछि ‘मिस्टर गुरुङ एन्ड टिम’ ले उनको नेपाल फिर्तीका लागि सहयोग गर्दैछ ।

श्रेष्ठ वैदेशिक रोजगारीका लागि दुबई जान एन्जल मेनपावरमा आफ्नो डकुमेन्ट छाडेकी थिइन् । तर, भिसा भने सुलभ मेनपावरबाट लाग्यो । उनको भिसाका लागि गोरखाकी सुनिता गुरुङले सहजीकरण गरेकी थिइन् । दुबईमा अपार्टमेन्ट क्लिनरको लागि भिसा लागे पनि उनलाई भनेबमोजिमको काम र तलव पनि दिइएन । खासमा उनी मासिक १३०० दिराम पाउने गरी दुबई गएकी थिइन् । तर उनलाई एक हजार दिरामभन्दा बढी दिइएन । पछि त यतिसम्म हुन थाल्यो कि सो सर्भिसेजले उनलाई मासिक तलव दिनै छाड्यो । उनी दुबई गएको सात महिना बितिसकेको छ । तर तीन महिनाभन्दा बढीको तलव पाएकी छैनन् ।

अमरबहादुर हस्पिटालिटी सर्भिसेजले कुस्मालाई पछि त्यहाँको प्रहरी समक्ष ब्ल्याक लिस्टमा रहेको पत्र पनि पठायो । अमरबहादुर हस्पिटालिटी सर्भिसेजको यस्तो अमानवीय गतिविधिका कारण उनी अहिले प्रहरी केस गर्ने अवस्थामा पनि छैनन् । प्रहरी केस गरेको अवस्थामा उनैलाई प्रहरीले पक्राउ गरी हिरासतमा राख्छ ।

कुस्मा अहिले ‘मिस्टर गुरुङ एन्ड टिम’ को संरक्षणमा छिन् । सो टिमले उनलाई नेपाल पठाउनका लागि अहिले आवश्यक प्रक्रिया थालिसकेको छ ।

मिस्टर गुरुङ एन्ड टिमका एक सदस्यका अनुसार, सो टिमले अहिलेसम्म दुबईमा अप्ठेरोमा परेका झण्डै ७० जनालाई उद्धार गरी नेपाल फकाईसकेको छ । नेपाल पठाउनका लागि सो टिमले स्वतन्त्र वैदेशिक उद्धार श्रमिक संघको समन्वयमा काम गरिरहेको छ । यो संस्थाको कार्यालय काठमाडौंको चाबहिलमा रहेको छ ।
राना थरकी एक महिलाले कुस्मालाई कुटपिट गरेको, कोठाबाट धकेलेर बाहिर निकालेको, अश्लील गालीगलौच गरेको भिडिओ पनि सार्बजनिक भएको छ । भिडिओ साभार- लोकपथ डटकम

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.