आज मितिः २०८३ बैशाख ५ गते

प्रवासी नेपाली श्रमिकहरुको मताधिकारको मौलिक हक सुनिश्चित गर- पूर्ब राजदूत मीश्र

नेपाल प्राकृतिक श्रोतसाधनले सम्पन्न संसारको एक सुन्दर मुलुक हो। यस मुलुकमा लामो समयदेखि राजनीतिक अस्थिरता र भ्रष्टाचार ब्याप्त रहेकाले युवाहरुको लागि रोजगारीका पर्याप्त अवसरहरू सृजना हुन सकेनन्।

मुलुकमा रोजगारीको अवसर उपलब्ध नभएकोले अधिकांश कम शिक्षित, अदक्ष, अर्धदक्ष, कडा परिश्रमी, स्वाभिमानी र सोझासाझा बेरोजगार युवाहरु आ(आफ्ना बृद्ध आमाबाबु, नवविवाहिता दुलही र नावालक बच्चाहरूलाई घरमा छारी विदेशिन बाध्य भए। पछिल्लो तथ्यांक अनुसार, भारत बाहेकका मुलुकहरूमा करिव चालीस लाख भन्दा बढी नेपाली युवाहरु कार्यरत छन्। स्वदेशमा अत्यधिक करारोपन र भ्रष्टाचार ब्याप्त रहनुका साथ(साथै सरकारी बिद्यालय र अस्पतालहररुमा सेवा प्रवाहको अवस्था अत्यन्त दयनिय रहेकोले उनीहरुको विप्रेषणको अधिकाशं भाग आश्रितहरुको दैनिक उपभोगका सामानहरू, शिक्षा, स्वास्थ्योपचार र गृह निर्माणमा खर्च भैरहेको छ। उनीहरुको बचत र लगानी गर्ने क्षमता‌माथि अत्यधिक करारोपन र भ्रष्टाचारको प्रतिकुल असर पर्न गएकोले आर्थिक अवस्थामा अपेक्षित प्रगति नभैरहेको अवस्था छ। उनीहरू मताधिकारको मौलिक हकबाट अझै बंञ्चित छन्।

उनीहरुका पारिवारिक सदस्यहरू अधिकांश बृद्धबृद्धा र नावालक बच्चाहरू भएकाले उनीहरुको मताधिकार सुनिश्चित गर्न र मुलुकमा व्याप्त बेथितिहरुको बिरुद्धमा प्रभावकारी बिरोध प्रर्दशन गर्न स्वाभाविक रुपले असमर्थ छन्। साँच्चै भन्ने हो भने, हाम्रो मुलुकमा कडा परिश्रमबाट टाढा रहने, कम शिक्षित, अदक्ष, चतुर र महत्वाकांक्षी बेरोजगार युवाहरु सामान्यतया बिभिन्न राजनितिक दल वा ठेक्कापट्टा व्यवसायमा लागेका छन्। उनीहरूलाई पनि प्रत्यक्ष वा परोक्ष रुपमा धेरथोर अनुचित लाभ प्राप्त भैरहेकाले भ्रष्टाचारमा संलग्न आ-आफ्ना राजनीतिक दलका शीर्ष नेतृत्व बिरुद्ध आवाज उठाउने मनोबल उत्पन्न नहुनु स्वभाविकै हो।

यस्तो विषम परिस्थितिमा मुलुकमा भ्रष्ट जनप्रतिनिधिहरुको प्रतिस्थापन र ब्याप्त बेथितिहरुको नियन्त्रणका लागि प्रवासी नेपाली श्रमिकहरुको मताधिकार सुनिश्चित गराउनु अपरिहार्य देखिन्छ। यसको लागि प्रभावकारी पहल निष्खोट राजनीतिकर्मी, स्वतन्त्र बुद्धिजीवी, संचारकर्मी र नागरिक समाजका अगुवाहरुबाट अबिलम्ब हुनु पर्ने जनअपेक्षा छ।

प्रा.डा. सूर्यनाथ मीश्र कतारका लागि पूर्ब नेपाली राजदूत हुन्

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.