आज मितिः २०८१ आश्विन २० गते

मलेसिया एयरपोर्टमा दाङका रुपलालको अचानक ढलेर मृत्यु

काठमाण्डौं-

दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी मलेसिया एअरपोर्टमा ढलेका र त्यहि मृत्यु भएको खुलेको छ । चौधरी शनिबार दिउँसो नेपाल फर्किने तयारीमा थिए ।

दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगेपछि घरमा सम्पर्क गर्दै थिए ।
‘फ्ल्याइटको केहीबेर अघिसम्म छोरा र भाइसँग कुरा भइरहेको रहेछ’ रुपलालका भतिज घनश्याम थारुले भने, ‘कुराकानी हुँदा हुँदै काका ९रुपालाल० को म्यासेज आउन छोड्यो ।’ सुरुमा परिवारले फ्लाइटको समय भएकाले रिप्लाई नआएको होला भन्ने अनुमान गरे । तर त्यसपछि केही खबर आएन । नेपाल फर्किने बेलासम्म पनि खबर नआएपछि परिवारका सदस्य आत्तिए ।

 

 

मलेसियामै रहेका भाइ लोकमणिसँग पनि भिडियो कुराकानी गरे । मलेसियाबाट नेपाल फर्किने जहाजको त्यस दिन नेपाली समय अनुसार ३ बजेको फ्लाइट थियो ।

 

 

लामो समयसम्म फोन गरिरहेपछि मलेसियाली नागरिकले फोन उठाएर केही भने, तर कसैले बुझेन । रुपलालका छोरा विपिनले मलेसियामा नै रहेका काका लोकमणिलाई बुझ्न लगाए। लोकमणिले बुझ्दा रुपलालको एयरपोर्टमै मृत्यु भएको खुलेको हो।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.