क्वालालम्पुर-
गैरआवासीय नेपाली संघ मलेसिया, राष्ट्रिय समन्वय परिषद्मा पछिल्लो एक बर्षको लागि अध्यक्षमा राकेश प्रसाद महतोले पदबहाली गरेका छन् । गत बर्ष जुलाई २०२३ मा सम्पन्न संघको अधिवेशनमा अघिल्लो १ वर्षको लागि विनोद थापा र पछिल्लो १ वर्ष महतो अध्यक्ष हुने आन्तरिक सहमति अनुसार उनि पद बहाली भएका हुन् ।
संघले गरेको सहमतिअनुसार थापाले राजिनामा दिएपछि बाँकी १ बर्षका लागि कार्यसमितिले महतोलाई अध्यक्षमा चयन गरेको हो । एसिया प्यासिफिक संयोजक हरि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यसमिति बैठकले थापाको राजीनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षमा चयन गरेको हो ।
एनआरएनए एसिया प्यासिफिक संयोजक भट्टराईले महतोलाई शपथ ग्रहण गराएका हुन् । नवनियुक्त अध्यक्ष महतोले गैरआवासीय नेपाली अभियानलाई अझ सशक्त बनाउनुका साथै मलेसियामा रहेका नेपाली श्रमिकमहरुको हकहित तथा सुरक्षाका लागि काम गर्ने बताएका छन् ।
तत्कालीन प्रमुख निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले सहमतिपत्र हस्तान्तरण गरेपछि कार्यसमितिको बहुमतले निर्णय गरेर महतोलाई अध्यक्ष बनाएको हो ।
महतो आरके ग्रुप अफ कम्पनिका सिईओ समेत रहेका एक सफल व्यवसायि पनि हुन् ।