आज मितिः २०८३ बैशाख १२ गते

विमानस्थलमा गर्दा लगाइदिएको खादा किन खोस्छ प्रहरी

 

काठमाडौं । घर छाडेर विदेश जाँदा परिवार तथा आफन्तले बिदाइ गर्दा लगाइदिएको खादासमेत खोसेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको आलोचना भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले यात्रुको खादा खोसेको घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ ।

घटनाको सार्वजनिक भिडिओमा विमानस्थलमा सुरक्षामा खटिएका प्रहरीहरूले एक यात्रुले लगाइरहेको खादा खोस्न खोज्छन्, यसपछि यात्रु आफैँले खादा खोल्छन् । जुन अहिले सामाजिक सञ्जालभर भाइरल छ ।

भिडिओमार्फत सार्वजनिक यस घटनाको धेरैले विरोध जनाइरहेका छन् । घर छाडेर विदेश जाँदा परिवार तथा आफन्तले बिदाइ गर्दा लगाइदिएको खादासमेत खोसेको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रहरीको आलोचना भइरहेको छ ।

भिडिओमा देखिएको घटनाले धेरैको मनोभावनामा आहत पुगेको बुझ्न सकिन्छ । किनकि आम नेपालीको बाध्यता स्वदेशमा रोजगारी नपाएपछि विदेश जानुपर्ने हो । हामीकहाँ आफन्तको बिदाइका बेला खादा लगाउने चलन छ ।

कतिपयले ‘विमानस्थलमा आफन्तले बिदाइ गर्दा लगाइदिएको खादा खोल्नुपर्ने नियम कहिलेबाट आयो ?’ “नेताका लावालस्करलाई केही भन्न नसक्ने, लुरुलुरुपछि लाग्ने अनि एउटा सर्वसधारणमाथि र्ने तिम्रो व्यवहार यस्तै हो”

“पासपोर्ट बनाउनदेखि विमानस्थलको डिपार्चरको गेटसम्म आम नेपालीले यस्तै व्यवहारबाट गुज्रनुपर्छ । अनि जनता आजित हुने अनि असभ्य नारा लगाउँदैन त रु जवाफ देऊ नेपाल प्रहरी,” थापा लेख्छन् ।

कतिपयले लेखेका छन्, ‘विमानस्थलमा प्रत्येक नागरिक हेपिन्छन् । तर, भिडिओ त यो मात्रै सार्वजनिक भयो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका निमित्त प्रमुख एसएसपी डम्बरबहादुर विश्वकर्मा भने खादा माला खोल्ने नियम नभएको बताउँछन् । “यस विषयमा जानकारी पाएको छौँ । आज बैठक बोलाएको छु,” एसएसपी विश्वकर्माले भने ।

एसएसपी विश्वकर्माका अनुसार यात्रुले विमानस्थलमा डिपार्चरबाट भित्र प्रवेश गर्दा खादाहरू लैजान पाउँदैनन् । विगतमा माइकिङ गरेरै यात्रुलाई जानकारी दिने गरिने भए पनि अहिले छाडिएको बताए । उनले यात्रु र प्रहरी दुवैले आफ्नो व्यवहार सुधार गर्नुपर्ने बताउँछन् ।

विमानस्थल प्रहरीको आचरणमा प्रश्न उठेको यो पहिलो पटक भने होइन । यात्रुमाथि दुर्व्यवहार गरेको घटना त पटक पटक सार्वजनिक भइरहन्छन् । साथै विमानस्थलमा कार्यरत कर्मचारीलाई कुटपिट गरेको घटना यसअघि आएका थिए ।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.