आज मितिः २०८१ आश्विन २० गते

प्रोफेसर मोहम्मद रमजान अली मियाँको पुस्तक ‘नमाज’ काठमाण्डौंमा विमोचन, भारतको लोकप्रिय एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार पनि थाप्दै

काठमाडौं –

प्रोफेसर मोहम्मद रमजान अली मियाको पुस्तक ‘नमाज’ राजधानी काठमाण्डौंमा विमोचित भएको छ । गत मङगलबार एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले ‘नमाज’पुस्तकको लोर्कापण गरेका हुन ।

मियाँको पुस्तक लोकार्पण गर्दै अध्यक्ष दाहालले पुस्तक मुस्लिम धर्मावलम्बीहरुका लागि धेरै नै उपयोगी रहेको बताए ।
मुस्लिम धर्मावलम्बीहरुको नमाज परम्परामा आधारित रहेर यसअघि पनि पुस्तक लेखिसकेका कृतिकार मियाले यस पटकको कृतिमा भने नमाजबारे विस्तृत जानकारी समेटेका छन ।

कार्यक्रममा एनआरएनए अभियन्ता आरके शर्माले लेखक मियाँले कतारमा रहेर कतारको कानुन सम्वन्धी पुस्तक लेखिसकेको र उनमा लेखकीय क्षमता धेरै रहेको बताए । कतारमा रहेर कतार र नेपालको सम्वन्ध विस्तार तथा कतारमा रहेका नेपाली श्रमिकहरुको कानुनी र भाषिक सहजताका लागि धेरै काम गरेको बताउदै शर्माले मियाँको नयाँ कृति सफलताको कामना गरे ।

उर्दु, अरबी, अंग्रेजी र नेपाली गरि रमजानका हाल सम्म ४० वटा कृतिहरु प्रकाशित भैसकेका छन । उर्दु साहित्य, इस्लाम दर्शन, इतिहास, अरबी अनुवाद, अनुभव तथा विवेचना उहाँको लेखन रुची हो । अहिले पनि उहाँका दर्जनौ पुस्तक प्रकाशनको पाइपलाइनमा रहेका छन् ।

उनी अहिले राष्ट्रिय मानव अधिकार आयोग कतारमा नेपाल संयोजक भएर काम गरिरहेका छन ।
सानै उमेरदेखि नै लेख्न र पढ्न रुचाउने अलिको यो ४० औ कृति हो । २० बर्षको उमेरमै पहिलो कृतिको रुपमा आठ खण्डमा आधारित खुत्बात ए अली मियाँ नामक पुस्तक करीब ६००० पृष्ठको उर्दुमा प्रकाशित गरेका उनको उक्त पुस्तकको २५ औं संस्करण प्रकाशित भैसकेको छ ।

मियाँले यस पटक भारतको लोकप्रिय एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार प्राप्त गर्नेछन् । भारतका पुर्व राष्ट्रपती एवं बैज्ञानिक डा एपिजे अब्दुल कलामको ८३ औं जन्मजयन्तिको अवसरमा यो पुरस्कार वितरण गर्न लागिएको हो।पुरस्कार आगामी अक्टोबर १५ का दिन वेस्ट बङ्गालको शहर हाउडामा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।

 

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.