हाल दुबईमा भिजिट भिषामा प्रबेश गर्ने क्रम तीब्र रहेको छ । भिजिटमा आएर कामको खोजिमा रहेका युवाहरु बर दुबईको ठूला महलको भित्र साँगुरीएको बेड स्पेसमा मोवाईलबाट कमिसनको कुरा गरि रहेको पाईन्छ ।
देशमा वेरोजगारको चपेटा र महङ्गीको मारमा परेका सयौं युवाहरु कसरी हुन्छ देश छोड्नमा नै व्यस्त छन् । जाने बुझेका र हातमा सिप भएकाहरु दुबई अत्यन्तै राम्रो गन्तव्य मानेर प्रबेश गरेका र हातमा भएको सिपलाई सदुपयोग गर्दै राम्रो तलवमा काम गरेको पाईन्छ । यहाँ उमेर र सिपको ठूलो महत्व रहेको पाईन्छ । कम्प्यूटरको ज्ञान, क्यासियर, अकाउण्टेन, सेल्स मेन, ड्राईभिङ, सेक्यूरीटि, कुक, वेटर, हाउस किपिङ यहाँको महत्वपूर्ण कामहरु हुन् । यी काम गर्ने नेपालीहरुले राम्रो आम्दानी गरेका छन् ।
यसको अलवा आप्mनै व्यवसाय र उच्च तहमा काम गर्ने नेपालीहरु पनि रहेका छन् यहाँ ।
भिजिट भिषामा नै आएर उच्च तहमा काम गर्ने नेपालीहरुमा रुपन्देहि देवदहका कृष्ण प्रसाद न्यौपाने एक हुन् । प्लस टु गरे लगत्तै भारतमा अकाउण्टेण्टको जागिर खान पुगेका उनि ६ बर्ष पछि कतारको एक प्रतिष्ठित कम्पनिमा पून आफ्नै ईलमको जागिर शुरु गरे । ४ बर्षको कतार बसाईलाई वीट मार्दै आफैले एक ट्रेडिङ कम्पनि खोल्न पुगे । कोरोनाको कहरले गर्दा व्यवसाय सुक्दै गयो लगतै उनि ब्ल्याक फरेष्ट बेकरीमा चिफ अकाउण्टेण्टको काम शुरु गरे । अध्ययनलाई पनि निरन्तरता दिदै उनले विकम पनि सके ।
आफ्नो हातको ईलम अनुसारको काम र दाम विदेशबाट नै राम्रो हुने उनले सोच बनाएर दुबई प्रबेश गरे । ईन्फोलिङ्स अकाण्टिङ एण्ड बुककिपिङ कम्पनिमा उनि अकाउण्ट मेनेजरको रुपमा काम गरेका छन् । उनको दक्षता अनुसार यहाँका कम्पनिहरुमा उनको ठूलो महत्व रहेको छ । हाल उनि एमए अध्ययन गर्दै कम्पनिमा काम गर्दै आएका छन् ।
दुबई भिजिटमा आउने वित्तिकै काम नपाएकाहरुको विचल्लि देखेका उनले सिप र क्षमता नभई दुबई नआउन सुझाव दिन्छन् । हातमा सिप छैन अनि काम पाउँला भनेर तीन चार पटक भिषा थप्दै बसेको र दुःख पाएकाहरु पनि सामुन्ने देखेको बताउँदै कृष्ण प्रसादले भने, बरु कम्पनिमा आउने र काम गर्दा राम्रो हुन्छ । यसो गर्दा भिषाको टेन्सन नहुने र पछि अर्काे कुनै कम्पनिमा जान पनि सकिने न्यौपानेले बताए । सामान्य काम गर्न पनि नजान्ने युवाहरु भिजिटमा नआएको राम्रो हुने बताउँछन् न्यौपाने ।
यहाँ अझ फिल्ड ईन्जिनियर, नर्सिङ, डाक्टर तथा क्षमता भएको व्यक्ति आउँदा आकर्षक कमाई हुने उनको बुझाई छ ।
सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएका न्यौपाने नेपालमा रहँदा टोल विकाश देखि लायन्स क्लबसम्म र प्रवासमा समाज सेवा अभियान रुपन्देहि कतारका सचिव तथा देपदह सेवा समाज दुबईसंग पनि हातेमालो गर्दै अगाडी बढि रहेका छन् । समाज सेवाको नाममा कतिपय संस्थाले रकम उठाएर आधा खाईदिने र आधा दिने छन् त कतिपय विशुद्ध समाज सेवामा मात्र काम गर्ने गरेको देखेको बताउँछन् उनि ।
वर दुबईको सेण्टर ठाउँमा रहेका न्यौपानेले धेरै नेपालीहरुलाई जागिरको लागि सहयोग गरि सकेका छन् । धेरैले सोझा नेपालीहरुलाई जागिर लगाई दिन्छु भन्दै पैसा लिएर फरार भएका छन् त्यसैले काम लगाई सके पछि मात्र पैसा दिन सुझाउँछन् न्यौपाने । अन्तमा न्यौपानेले कुनै समस्यामा परेमा, डकुमेण्ट तयार गर्नु परेमा आफूसंग परामर्श लिन पनि सकिने बताए ।
प्रस्तुति:- रवि भट्ट / बर दुबई