आज मितिः २०८१ आश्विन २० गते

५० वर्षको उमेरमा अमेरिकी नागरिक कसरी बने अर्बपति

एजेन्स/ क्रक आफ्नो जीवनको पचास दशक पार गरिसकेका व्यक्ति हुन्। यो अवधिमा उनले एम्बुलेन्स चालकको रूपमा काम गरे। एउटा ब्यान्डमा पियानो बजाए। सेल्सम्यानका रूपमा पेपर(कप बेचे। घरजग्गाको कारोबार पनि गरे।

५२ वर्षको उमेरमा पनि उनको जीवन र काम यस्तै छ। उनी मिल्कशेक बनाउने मेसिन बेच्छन्।

मेसिन बेच्दाबेच्दै एक दिन उनी म्याकडोनाल्ड दाजुभाइ डिक र म्याकको रेस्टुरेन्ट ुम्याकडोनाल्ड्सु मा पुग्छन्। उनीहरूले ८ वटा मेसिन किनेको देखेर क्रकलाई अचम्म लाग्छ। उनले गएर ती दाजुभाइलाई भेट्छन् र डिनर खान जाने प्रस्ताव गर्छन्।

डिनरमा ती दाजुभाइले क्रकलाई आफूहरूको रेस्टुरेन्टको सफलताको कथा सुनाउँछन्। व्यवसाय सफल बनाउन उनीहरूले के रणनीति अपनाए भन्ने बताउँछन्।

उनीहरूको कुरा सुनेर क्रक एकदमै प्रभावित हुन्छन्। उनले आफूले लगानी गरेर म्याकडोनाल्ड्स फ्रेन्चाइज खोल्ने प्रस्ताव राख्छन्। सुरूमा डिक र म्याकले नमाने पनि क्रकले मनाएरै छाड्छन्। तर उनीहरूले एकदमै धेरै सर्तहरू राख्छन्।

मिल्कशेक मेसिन बेच्ने क्रकसँग पनि लगानी गर्ने पैसा हुँदन। उनले श्रीमतीलाई थाहै नदिई आफ्नो घर धितो राखेर पैसा जुटाउँछन् र म्याकडोनाल्ड्सको पहिलो फ्रेन्चाइज खोल्छन्।

तर उनको भोक मेटिँदैन। उनले स्थानीय धनी व्यक्तिहरूसँग सम्पर्क गर्छन् र लगानी गर्न मनाउँछन्। म्याकडोनाल्ड्सका शाखाहरू व्यापक फैलिन्छन्। यही क्रममा उनको भेट सम्भावित लगानीकर्तामध्ये एककी श्रीमती जोआनसँग हुन्छ। क्रक पहिलो भेटमै उनीप्रति आकर्षित हुन्छन्।

धेरै फ्रेन्चाइज खोले पनि क्रकलाई आर्थिक रूपमा फाइदा भइरहेको हुँदैन। म्याकडोनाल्ड्सको प्रतिफलको धेरै हिस्सा म्याक र डिककै हुन्थ्यो। क्रक ऋणमा डुबिसकेका थिए।

अनि क्रकले यस्तो कदम चाल्छन् जसले उनको जीवन फेरिन्छ। दाजुभाइ डिक र म्याकको विरासत फेरिन्छ। र, म्याकडोनाल्ड्सको भविष्य फेरिन्छ।

आखिर क्रकले त्यस्तो के गरेरु

यसका लागि अमेरिकी सिनेमा ुद फाउन्डरु हेर्नुहोला।

सन् २०१६ मा रिलिज भएको यो फिल्म म्याकडोनाल्ड्स फास्टफुड रेस्टुरेन्टका मालिक रे क्रकको वास्तविक कथामा आधारित छ।

क्रकले म्याकडोनाल्ड्सबाट यसका संस्थापकलाई नै अलग्याएर कसरी त्यसलाई आफ्नो बनाए भन्ने कथा यो फिल्मले भन्छ। आधा जीवनसम्म संघर्ष नै गरेका र अर्काको घरको ढोका ढोकामा पुगेर मेसिन बेचिरहेका क्रक कसरी अर्बपति बने भन्ने पनि फिल्मले बताउँछ। अनि म्याकडोनाल्ड्स आज जे छ, त्यो कसरी सम्भव भयो भन्ने पनि देखाउँछ।

हुटहुटी र रनाहा भयो भने जुनसुकै उमेरमा, जस्तोसुकै अवस्थामा गरेको काम पनि सफल हुन सक्छ भन्ने बलियो उदाहरण पनि हो क्रकको जीवन कथा। कतिपयले भने क्रकले आफ्नो सफलताका लागि अरूलाई धोका दिएको आरोप पनि लगाउँछन्। तर फिल्ममा क्रकले यस्तो भन्नेहरूलाई पनि आफ्नो जबाफ दिएका छन्।

त्यस्तै म्याकडोनाल्ड्स आफ्नो भइसक्दा पनि उनले यसको नाम किन फेरेनन्रु

यसको पनि रोचक जबाफ क्रकले दिएका छन्।

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.