जुम्ला/ जुम्लाको तातोपानी गाउँपालिका–४ नियापानीका ५२ वर्षीय चित्रप्रसाद समाललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पेटको तल्लो भागमा ट्युमर भएको आशंका गरी ग्यास्ट्रोसर्जरी विभाग वीर अस्पताल काठमाडौंमा रिफर गर्यो ।
वीर अस्पतालको ग्यास्ट्रोसर्जरी विभागका डाक्टरको सल्लाहअनुसार करिब दुई सातासम्म विभिन्न परीक्षण सिटी स्क्यान, कोलोनोस्कोपी, एक्स–रे, रक्त परीक्षण, अल्ट्रासाउन्डलगायत सम्पूर्ण जाँच गराइयो । परीक्षणपछि रिपोर्ट हेरेर पेटको साइडमा सानो आन्द्राको पर्खालसँग जोडिएको सामान्य प्रकारको ट्युमर क्यान्सरको संकेत हुन सक्ने र शल्यक्रिया गरेर ट्युमर हटाउने बताइयो ।
गत साउन २३ गते वीर अस्पतालका डा। निरज बनेपालीको टिमले सुरुमा पेटको शल्यक्रिया गरेर टिउमर हटाउने भनेर अपरेशन गरियो त्यसपछि अपरेशन रुममा गएको ४ घण्टापछि हामिले सोचे जस्तो नभएको नशाहरु एकदम जेलिएको रहेछ भन्नु भयो । शल्यक्रिया गर्ने क्रममा खुट्टाको नसा काटिएको खुलेको छ । सामान्य शल्यक्रिया मात्र गरे हुने बिरामीको नसा काटिएपछि समालका छोरा गोविन्द समाल हाल काठमाडौंमै बाबुको उचित उपचारको खोजीमा गल्ली–गल्ली भांैतारिरहेका छन् ।
ट्युमर नभेटिएपछि, डाक्टरहरूले उहाँको खुट्टाको नशामा समस्या भएको बताउँदै राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनित सिंहको टिमलाई बोलाई खुट्टाको नशाको सर्जरी गर्नु परेको जनाएका छन् । ट्रमा सेन्टरका डा। सिंहको टिमले परिवारलाई दिएको जानकारीअनुसार आफूले सम्पूर्ण शल्यक्रिया नगरेको तर अन्तिम चरणमा डल्लोको भाग निकालिसकेपछि ‘रिपियर’का लागि मात्र वीरका डाक्टरले अर्थोपेडिक विभागको युनिटलाई जानकारी गराएका दिए । कार्यक्षेत्र बाहिर गएर शल्यक्रिया गरेको र असावधानीपूर्वक शल्यक्रिया गरी नशामा क्षति पु¥याएको देखिन्छ । असावधानीवश गरिएको गलत शल्यक्रियाबाट समालको खुट्टामा गम्भीर क्षति हुन गई ‘सेन्स’ हराएको छ ।
शल्यक्रियापछि समाललाई तीन दिनसम्म एच।डि।यू। र ग्यास्ट्रो वार्डमा राखेर उपचार गर्दैगर्दा दुई दिनपछि अकस्मात रातको समय ‘तपाईंको बिरामी डिस्चार्ज गर्नुपर्ने भयो’ भन्दै ट्रमा सेन्टरमा लैजान दबाब दिइएको पीडित समालको परिवारले गुनासो गरेको छ । ‘भर्ना गरेर वार्डमा उपचार गराइरहेका बिरामीलाई एकाएक रातको समय कसरी लैजाने, भोलि बिहानसम्म समय माग्दा पनि नदिई आफ्नो जिम्मेवारीबाट पन्छिन डाक्टरले अमानवीय व्यवहार देखाए’, समाल भन्छन् ।
वीर अस्पतालका नर्सले भनेअनुसार राष्ट्रिय ट्रामा सेन्टरमा वार्डमा बेड खाली रहेको र भर्ना गर्नुपर्ने जानकारी दिइएको थियो । तर, ट्रामा सेन्टरमा कुनै जानकारी नगराई बिरामीलाई त्यहाँबाट पठाएर अलपत्र पार्ने मनसाय देखिन्छ । ट्रमा सेन्टरका नर्सलाई सोधपुछ गर्दा जानकारी नभएको र भर्ना नलिने भन्दै रुखो बोले व्यवहार देखाए पनि धेरै अनुनयविनयपछि मात्रै समाललाई भर्ना गरिएको थियो ।
यसरी मध्यरातमा बिरामीलाई डिस्चार्ज गर्नुको कारण खुलाई दिन समाल आग्रह गर्छन् । डाक्टरको भाषा पनि फरक–फरक हुने गरेको उनको भोगाइ छ । कहिले नशा काटिएको होइन, पातलो भएको हो भन्छन् । कहिले एउटा नशा काटिएकै हो भनेर स्वीकार पनि गर्छन् । सत्य सूचना पाउनु बिरामीको अधिकार हो भन्दै छोरा गोविन्द ग्यास्ट्रो सर्जरी प्रमुख शरद पोखरेलसँग यस विषयमा बुझ्न खोज्दा कुरै गर्न नचाहेको गुनासो उनले गरे ।
हाल बायोप्सीको पनि रिपोर्ट आइसकेको र त्यसमा कुनै पनि क्यान्सरजस्तो रोग नदेखिएको उल्लेख छ । अस्पतालले लापरवाही गरेर पेटको शल्यक्रिया गर्नुपर्ने बिरामीको सद्दे खुट्टाको नशा काटी क्षति पु¥याएकाले स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको देखिन्छ । डाक्टरले अपरेसन गर्नुअघि सही रूपमा समस्या पत्ता लगाउन नसक्नु र अनुचित ठाउँमा अपरेसन गर्नु चिकित्सकको गल्ती भएको समालको दाबी छ । यदि प्रारम्भिक रुपमै समस्या सहीसँग पत्ता लगाउन सकिएको भए यस प्रकारको जटिलता हुन सक्ने थिएन । ‘अपरेसन गर्दा नशाको सुरक्षा गर्न ध्यान नदिनु वा खुट्टाको नशा क्षति हुन नदिन आवश्यक सावधानी अपनाउनु डाक्टरको जिम्मेवारी हो । सावधानीपूर्वक उपचार गर्दा खुट्टाको नशामा भएको क्षति रोक्न सकिन्थ्यो’, समालका छोरा गोविन्दले डा। बनेपाली टीमको लापरवाहीका कारण बुबाको नसा काटिएको बताउँदै भने, ‘बुबाको उपचारमा बिमा गरेको भएर १ लाख पचासहजाभन्दा बढी रकम खर्च भइसकेको छ । घटनाको उचित छानबिन होस् । उपचार खर्च र क्षतिपूर्ति दिलाई पाऊँ । यसरी बिरामको जीवनमाथि हेलचेक्र्याई गर्ने डाक्टरलाई कडा कारबाही हुनैपर्छ ।’
उनले बुबाको ‘डिस्चार्ज’पछि डा। बनेपाली र वीरको ग्यास्ट्रोलोज सर्जन टिमविरुद्ध प्रहरीमा किटानी जाहेरी दिने बताए । समालको परिवारले पेटको शल्यक्रिया गर्ने वीर अस्पतालका डा बनेपालीले रिपोर्ट हेरेर पेटको साइडमा सानो आन्द्राको पर्खालसँग जोडिएको सामान्य प्रकारको ट्युमर हटाएर बिरामीको शल्यक्रिया ठीक ढंगले नगरेको दाबी गरे । यदि यस्तो भएको हो भने त्यस्तो अवस्थामा चिकित्सकले त्यसै नछाड्ने बरु तत्कालै सुधार गरेर मात्र बिरामी पठाउनुपर्ने उनीहरुको भनाइ छ । ‘सानो आन्द्राको तीन पाटोमध्ये सबैभन्दा तलको आइलिय ट्युमरजस्तो देखिएकाले शल्यक्रिया ठीक ढंगले भएको छ,’ डाक्टरले समालको पहिलेदेखि ग्यास्ट्रिकको बिरामी हुन सक्ने र सोही कारणले पेटको तल्ला भागमा डल्लोजस्ता परेको हुन सक्ने सम्भावना व्यक्त गरे ।