आज मितिः २०८३ भाद्र ३१ गते

समाचार

सानातिना उतारचढावबाट नआत्तिन सभापति लामिछानेको आग्रह

सानातिना उतारचढावबाट नआत्तिन सभापति लामिछानेको आग्रह

काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछानेले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन आग्रह गरेका छन् । सभापति लामिछानेले सही बाटोमा डोऱ्याएर गन्तव्यमा अबश्य पुगिनेछ । हिजो काठमाण्डौमा भएको कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीँ मौसमका कारण जहाज हल्लिन सक्छ तर दुर्घटना हुन्छ भनेर डराउनु नपर्ने बताए । सरकारले आफ्नो बाचाअनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्र्याकमा ल्याउने तागत राख्ने उनको भनाइ थियो । उनले चार महिना मूल्याङ्कनका लागि पर्याप्त नभए पनि प्राप्त सल्लाह र सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।
Read More
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौं- जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । अहिले बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका साथै कर्णाली प्रदेशको पहाडी भाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी…
Read More
नेपाल इलेक्ट्रिसियन एसोसिएसनको रक्तदान कार्यक्रममा ५२ जनाले गरे रक्तदान

नेपाल इलेक्ट्रिसियन एसोसिएसनको रक्तदान कार्यक्रममा ५२ जनाले गरे रक्तदान

काठमाडौं- काठमाडौंको बालाजुमा आज नेपाल इलेक्ट्रिसियन एसोसिएसनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महिला तथा पुरुष गरि ५२ जनाले रक्तदान गरेका छन्। रक्तदानमार्फत संकलित रगत आवश्यक परेका बिरामीको उपचारमा सहयोग पुग्ने आयोजकले जनाएको छ।कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका राष्ट्रिय अध्यक्ष प्रेम सागर कर्माचार्य र एसोसियनका अध्यक्ष दामोदर प्याकुरेलले उद्घाटन गर्नु भयो । प्रमुख अतिथी कर्माचार्यले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिँदै स्वस्थ व्यक्तिहरूलाई नियमित रुपमा रक्तदान गर्न आग्रह गर्नु भयो । प्रत्येक संघ संस्थाले बार्षिक रुपमा भन्दा पनि तीन तीन महिनामा रक्तदान गर्न पनि सुझाउनु भयो । १८७ पटक रक्तदान गरि सक्नु भएका कर्मचार्यले प्रत्येक…
Read More
अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको ज्यान गयो

अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको ज्यान गयो

थाइल्यान्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको ज्यान गएको छ । बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेपछि नजिकै एक विद्यालयमा पुगेर ५ जना शिक्षकको हत्या गरेको रोयटर्सले जनाएको छ । गोली चलाउने आरोपी १४ वर्षीय विद्यार्थी पनि मृत भेटिएका खबरमा उल्लेख छ । यस्तै घटनामा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार गोली चलाउन प्रयोग भएको ९ एमएमको पेस्तोल किशोरका हजुरबुबाको थियो । उनका हजुरबुबा शिक्षक रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले कम्तीमा २६ राउन्ड गोली चलाएका थिए र उनीसँग थप ३४ राउन्ड गोली फेला परेको थियो । यसअघि सन् २०२२…
Read More
म्यानपावर व्यवसायीद्धारा १५ बुँदे माग राख्दै श्रमिक पठाउन बन्द

म्यानपावर व्यवसायीद्धारा १५ बुँदे माग राख्दै श्रमिक पठाउन बन्द

काठमाण्डौ - १५ बुँदे माग राख्दै म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन् । वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै सङ्घले श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको हो । सङ्घले काठमाण्डौमा पत्रकार सम्मेलन गरी देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता, अव्यावहारिक व्यवस्था र समयसापेक्ष सुधार नहुँदा यो क्षेत्रका समस्या समाधान हुन नसकेको जानकारी दिएको हो । सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले विशेष परिस्थितिमा सरकारको निर्णय पालना गर्दा व्यवसायीलाई कारबाही गरेको भन्दै अब म्यानपावरले कामदार पठाउन बन्द गरेको बताए। फाईल तस्वीर
Read More
नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

कैलाली- नेपाली सेनामा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको अभियोगमा कञ्चनपुर बेलौरी नगरपालिका-८ बस्ने ३५ वर्षीय हरिश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।चन्दले नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै पीडितबाट २ लाख ४० हजार रूपैयाँ असुली गरी ठगी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Read More
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यासको कोटा बढाउन भारतसँग आग्रह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यासको कोटा बढाउन भारतसँग आग्रह

काठमाण्डौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले साउन महिनामा उच्च माग भएकाले ग्यासको कोटा बढाउन भारतसँग आग्रह गर्नु भएको छ ।पूरा सिलिन्डर बिक्री गर्न सुरु गरे लगतै बजारमा ठुलो मात्रामा एकै पटक माग बढेकाले अभाव भएको उहाँले बताउनुभयो । प्रतिनिधि सभाको आकस्मिक, शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफका क्रममा उहाँले बजारमा एकै पटक माग बढ्दा अभाव भएको बताउनुभएको हो । बढ्दो माग र आपूर्तिबिच सन्तुलन ल्याउन मन्त्रालयले सरोकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको उहाँले बताउनु भयो । हाल ५८ ग्यास उद्योगको भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको पनि उहाँले बताउनुभयो…
Read More
चितवन सेवा समाजद्धारा चितवनको माडीमा तेस्रो भव्य तीज गीत प्रातोगिता हुँदै

चितवन सेवा समाजद्धारा चितवनको माडीमा तेस्रो भव्य तीज गीत प्रातोगिता हुँदै

चितवन- चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले यो बर्ष पनि तीज गीत प्रातोगिता गर्दैछ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर चितवनकै माडीमा तीज गीत प्रतियोगिता गर्न लागेको हो । विगत १३ वर्ष देखी सुरक्षित आप्रवास तथा सामाजिक एवं मानवीय परोपकारी कार्यमा सक्रिय रहदै आएको यस चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समिति नेपालको यो तेस्रो तीज गीत प्रातोगिता हो । समितिले आऊदो भदौ २० गते शनिवारका दिन जिल्लाको माडीको बसन्तपुर स्थित होटल प्याराडाइजको सभा हलमा “तेश्रो बृहत खुल्ला तीज गीत प्रतियोगिता २०८३”आयोजन गरिएको कार्यक्रमकी संयोजक लीला पौडेलले जानकारी दिनु भयो । प्रतियोगितात्मक कार्यक्रममा आयोजकले पुरस्कारको प्रतियोगितामा प्रथम…
Read More
तुलसीपुर बनगाउँका एक युवक मृत फेला

तुलसीपुर बनगाउँका एक युवक मृत फेला

काठमाण्डौं- तुलसीपुर उपमहानगरपालिका – १० बनगाउँका एक युवक मृत फेला परेका छन् । स्थानीय २८ वर्षीय राजेन्द्र केसी घर नजिकै आफ्नै मोटरसाइकलसहित दुर्घटनामा परेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले बताए । डिएसपी पराजुलीका अनुसार उनी आफ्नै आफ्नै रा ३ ख ५००४ नम्बरको मोटरसाइकल सडक किनारमा खुट्टा च्यापेर लडेको अवस्थामा फेला परेको थियो । ‘छिमेकीको घरको भित्तामा ठोकिएर गेटमा लागेपछि उनी सडक किनारमा पल्टिएको अनुमान छ,’ डिएसपी पराजुलीले भने, ‘हेलमेट पनि नलगाएकाले दुर्घटना गम्भीर भएको देखियो।’ पेट्रोल सकिए पछि पेट्रोल ल्याउन भनेर उनी घर बाट आफ्नै मोटरसाइकल लिएर सुकौरा पुगेर फर्किने क्रममा घर नजिकै…
Read More
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश, अमेरिकामा अब जन्मिएकाहरुले अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी नागरिकता सीमित गर्ने नयाँ आदेश, अमेरिकामा अब जन्मिएकाहरुले अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन्

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ । जन्मका आधारमा स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप सीमित गर्ने उद्देश्यले नयाँ कार्यकारी आदेश जारी गर्नुभएको हो । अमेरिकी सर्वोच्च अदालतले यसअघिको प्रयासलाई अस्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ व्यवस्था अघि सार्नुभएको बीबीसीले जनाएको छ । नयाँ व्यवस्थाअनुसार विदेशी आतङ्ककारी समूहसँग आबद्ध व्यक्ति, विदेशी सरकारका कर्मचारी, नागरिकता प्राप्त गर्न छलकपट गरेको आरोप लागेका व्यक्ति तथा कानुनले नागरिकताको अधिकार नदिने अमेरिकी भूभागका नागरिकका सन्तानले अमेरिकामा जन्मिए पनि स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैनन् । त्यसैगरी, गर्भवतीहरूले आफ्ना सन्तानलाई अमेरिकी नागरिक बनाउने उद्देश्यले अमेरिका पुगेर प्रसूति गराउने प्रवृत्तिलाई पनि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.