काठमाडौं-
काठमाडौंको बालाजुमा आज नेपाल इलेक्ट्रिसियन एसोसिएसनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महिला तथा पुरुष गरि ५२ जनाले रक्तदान गरेका छन्।
रक्तदानमार्फत संकलित रगत आवश्यक परेका बिरामीको उपचारमा सहयोग पुग्ने आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका राष्ट्रिय अध्यक्ष प्रेम सागर कर्माचार्य र एसोसियनका अध्यक्ष दामोदर प्याकुरेलले उद्घाटन गर्नु भयो ।
प्रमुख अतिथी कर्माचार्यले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिँदै स्वस्थ व्यक्तिहरूलाई नियमित रुपमा रक्तदान गर्न आग्रह गर्नु भयो । प्रत्येक संघ संस्थाले बार्षिक रुपमा भन्दा पनि तीन तीन महिनामा रक्तदान गर्न पनि सुझाउनु भयो ।
१८७ पटक रक्तदान गरि सक्नु भएका कर्मचार्यले प्रत्येक तीन महिनामा खेर गएको रगतलाई दान दिएर अस्पतालमा छट्पटाई रहेका विरामीको लागि सहयोग गर्दा स्वास्थ्यलाई पनि फाईदा र विरामीको ज्यान पनि बच्ने भन्दै सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गर्नु भयो ।

प्रमुख अतिथी कर्माचार्यलाई नेपालको पहिलो धेरै पटक रक्तदाताको रुपमा दोसल्ला र प्रसंसा पत्रले सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा केन्द्रीय उपाध्यक्ष लाल श्रेष्ठलाई पनि खादा र प्रसंसा पत्रले सम्मान गरिएको थियो । एसोसियनका तर्फबाट कार्य समिति सदस्य सल्लाहकार लगायतले रक्तदान गर्नु भएको थियो ।
एसोसियसनले प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आएको कार्यक्रमका संयोजक रामचन्द्र पौडेल बाजेले जानकारी दिनु भयो । कार्यक्रमलाई एसोसियसनका सल्लाहकार भीमलाल श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।