आज मितिः २०८३ श्रावण २३ गते

अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको ज्यान गयो

थाइल्यान्डमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको ज्यान गएको छ । बैंककको बाहिरी क्षेत्रमा रहेको आफ्नो घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेपछि नजिकै एक विद्यालयमा पुगेर ५ जना शिक्षकको हत्या गरेको रोयटर्सले जनाएको छ ।

गोली चलाउने आरोपी १४ वर्षीय विद्यार्थी पनि मृत भेटिएका खबरमा उल्लेख छ । यस्तै घटनामा १५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गोली चलाउन प्रयोग भएको ९ एमएमको पेस्तोल किशोरका हजुरबुबाको थियो । उनका हजुरबुबा शिक्षक रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले कम्तीमा २६ राउन्ड गोली चलाएका थिए र उनीसँग थप ३४ राउन्ड गोली फेला परेको थियो ।

यसअघि सन् २०२२ मा बन्दुक र चक्कु लिएर देशको उत्तरमा रहेको नर्सरीमा प्रवेश गरेका एक जना पूर्वप्रहरी अधिकारीले २४ जना बालबालिका र १२ जना वयस्कको हत्या गरेका थिए । यो घटना थाइल्यान्डको सबैभन्दा घातक नरसंहारमध्ये एक थियो ।
एजेन्सी

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.