आज मितिः २०८३ श्रावण २३ गते

म्यानपावर व्यवसायीद्धारा १५ बुँदे माग राख्दै श्रमिक पठाउन बन्द

काठमाण्डौ –

१५ बुँदे माग राख्दै म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेका छन् ।

वैदेशिक रोजगार क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै सङ्घले श्रमिक पठाउने कार्य बन्द गर्ने घोषणा गरेको हो ।

सङ्घले काठमाण्डौमा पत्रकार सम्मेलन गरी देशको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान रहे पनि नीतिगत जटिलता, अव्यावहारिक व्यवस्था र समयसापेक्ष सुधार नहुँदा यो क्षेत्रका समस्या समाधान हुन नसकेको जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले विशेष परिस्थितिमा सरकारको निर्णय पालना गर्दा व्यवसायीलाई कारबाही गरेको भन्दै अब म्यानपावरले कामदार पठाउन बन्द गरेको बताए।

फाईल तस्वीर

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.