आज मितिः २०८३ आश्विन १ गते

अर्थ तथा शेयर बजार

सुन तोलामा ३ हजार रुपैयाँले घट्यो

सुन तोलामा ३ हजार रुपैयाँले घट्यो

काठमाण्डौ- बुधबार सुन तोलामा ३ हजार रुपैयाँले घटेको छ । आइतबार र सोमबार लगातार दुई दिन घटेकोमा हिजो सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँले बढेको थियो । बुधबार भाउ बढेर तोलाको ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको सुनको भाउ घटेर तोलाको ३ लाख २ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ४० रुपैयाँले घटेर तोलाको ४ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
Read More
बाढी प्रभावित पालिकालाई सरकारले ग¥यो पौने सात करोड निकासा

बाढी प्रभावित पालिकालाई सरकारले ग¥यो पौने सात करोड निकासा

काठमाण्डौ- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ वटा पालिकाका लागि यति रुपैयाँ निकासा गरेको हो । यो रकम प्रभावित पालिकालाई आवश्यकता अनुसार वितरण गरिनेछ । प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा भएको रकममध्येबाट केही रकम निकासा गर्ने निर्णय गरेको थियो । प्राधिकरणका अनुसार यो रकम अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित पालिका वर्गीकरण गरी त्यसैअनुसार अनुदान सहायता उपलब्ध गराउनेछ । प्राधिकरणका अनुसार रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालीका र आमाछोदिङ गाउँपालिका, नुवाकोटको विदुर र बेलकोट नगरपालिका, तारकेश्वर, किस्पाङ…
Read More
आर्थिक रूपान्तरणका लागि बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल

आर्थिक रूपान्तरणका लागि बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल

काठमाण्डौ - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच छलफल भएको छ ।नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गरे। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उनले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पारे । अर्थमन्त्री वाग्लेले उद्योगको नाफाबाट पुनर्लगानी बढ्ने र त्यसबाट सिर्जना हुने रोजगारीले अन्ततः राज्यको राजस्वमा योगदान पुग्ने भएकाले दुवै पक्षको सम्बन्ध परिपूरक रहेको बताए। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानूनमा रहेका व्यावहारिक जटिलताबारे आफ्ना अनुभव…
Read More
सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० र चाँदी ६५ रुपैयाँले रुपैयाँले बढ्यो

सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० र चाँदी ६५ रुपैयाँले रुपैयाँले बढ्यो

काठमाण्डौ- आज आइतबार सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन तोलाको तीन लाख रुपैयाँ नाघेको यो पहिलो पटक हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा तीन लाख एक हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि हप्ताको अन्तिम कारोबार शुक्रबार सुनको भाउ तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो हप्ता पनि लगातार बढेको चाँदी आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा ६५ रुपैयाँले बढेको हो । महासंघकाअनुसार चाँदी आज तोलाको चार हजार ६४५ रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार…
Read More
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यासको कोटा बढाउन भारतसँग आग्रह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यासको कोटा बढाउन भारतसँग आग्रह

काठमाण्डौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले साउन महिनामा उच्च माग भएकाले ग्यासको कोटा बढाउन भारतसँग आग्रह गर्नु भएको छ ।पूरा सिलिन्डर बिक्री गर्न सुरु गरे लगतै बजारमा ठुलो मात्रामा एकै पटक माग बढेकाले अभाव भएको उहाँले बताउनुभयो । प्रतिनिधि सभाको आकस्मिक, शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफका क्रममा उहाँले बजारमा एकै पटक माग बढ्दा अभाव भएको बताउनुभएको हो । बढ्दो माग र आपूर्तिबिच सन्तुलन ल्याउन मन्त्रालयले सरोकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको उहाँले बताउनु भयो । हाल ५८ ग्यास उद्योगको भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको पनि उहाँले बताउनुभयो…
Read More
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग

विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग

काठमाण्डौ - स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०ले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा रामप्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इप्पानको प्रतिनिधिमण्डलले विद्युत् क्षेत्रको विकास, विस्तार तथा निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारका बारेमा आयोगको ध्यानाकर्षण गराएको हो । भेटमा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वको डाँगीले विद्युत् क्षेत्रको विकास र विस्तारका लागि आयोगले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । इप्पानले प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा विद्युत् प्रसारण…
Read More
सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति

सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति

काठमाण्डौ - सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ । सहमति अनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि १५ दिनभित्र कार्यान्वयन हुने सहमति भएको हो । सहमतिसँगै लघुवित्त पीडितहरूले आन्दोलन तथा अनसनका कार्यक्रम स्थगित गरेका छन् । दुवै पक्षबीच लघुवित्त पीडितहरुको समस्या समाधानका लागि उपयुक्त विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको २०८१ साउन २२ गतेको प्रतिवेदन कार्यान्वयन कार्ययोजनासहित कार्यान्वयनका लागि १५ दिन भित्र अर्थ मन्त्रालयमा सिफारिस पेस गर्ने सहमति भएको छ । यस्तै, समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरोत्थानका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने, कालोसूची र धितो लिलामसम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने तथा व्यावहारिक समाधानका विकल्पहरू सिफारिस गर्ने…
Read More
सुन र चाँदीको मूल्य गिरावट

सुन र चाँदीको मूल्य गिरावट

काठमाण्डौं- बजारमा सुनको मूल्य र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० कायम भएको छ । गत मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१० निर्धारण भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
Read More
अर्थमन्त्री वाग्लेले गरे आन्तरिक राजस्व विभागको अनुगमन

अर्थमन्त्री वाग्लेले गरे आन्तरिक राजस्व विभागको अनुगमन

काठमाडौँ - अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरेका छन्। बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिएका हुन्। कार्यक्रममा अर्थमन्त्री डा‍‍.वाग्ले र अर्थसचिव उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका छन्। सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना,कर सङ्कलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए।
Read More
नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने

नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने

काठमाडौं- टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन्।   आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले दुवै कम्पनीले थ्रीजी सेवा बन्द गर्ने योजनाअघि बढाएको हो ।   दूरसञ्चार क्षेत्रमा विश्वव्यापी रूपमा पनि पुराना मोबाइल प्रविधिलाई विस्थापन गरी उच्च क्षमतायुक्त नेटवर्कमा लगानी बढाउने क्रम तीव्र बनेको छ। थ्रीजी सेवा बन्द भएपछि टेलिकम कम्पनीले टुजी र फोरजी सेवा मात्रै उपलब्ध गराउनेछन् भने आगामी दिनका लागि फाइभजीको तयारी पनि गरिरहेका छन्।   थ्रीजी प्रविधि अहिलेको आवश्यकताअनुसार कम प्रभावकारी बन्दै गएको दूरसञ्चार क्षेत्रका सरोकारवालाको भनाइ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.