आज मितिः २०८१ चैत्र ६ गते

अर्थ तथा शेयर बजार

चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं - आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार यो रेमिट्यान्स रकम गत आवको यसै अवधिको तुलनामा ९।१ प्रतिशतले बढी हो । कात्तिक महिनामा मात्रै १ खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । असोजमा हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।   वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति  लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ ।
Read More
सेयर बजार उकालो तर्फ, १३.९५ अंक ले बढ्यो नेप्से

सेयर बजार उकालो तर्फ, १३.९५ अंक ले बढ्यो नेप्से

२९ कार्तिक, काठमाण्डू । आज सेयर बजारले उकालो यात्रा गरेको छ । हिजोको तुलनामा परिसूचक नेप्से १३.९५ अंक ले बढ्दा नेप्से २७४८ कायम भएको छ । आज १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो भने हिजो ७ अर्ब ९१ करोडको कारोबार भएको थियो । १५९ कम्पनीको मूल्य बढ्दा ७९ को भने घटेको छ, त्यस्तै ६ कम्पनी स्थिर रहेका छन् । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३४ प्रतिशतले बढेको छ । धेरै कारोबार भएका कम्पनीमा जानकी फाइनान्स, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमश अगाडि रहे ।
Read More
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड दाखिला

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड दाखिला

काठमाडौं-   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ। मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो। असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश संगठित संस्थाले रकम प्रदान गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशनले रु ६१ लाख, गैरआवासीय नेपाली संगठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन्। यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन्। कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला…
Read More
एक महिनामा एक खर्ब ३६ अर्ब रेमिट्यान्स

एक महिनामा एक खर्ब ३६ अर्ब रेमिट्यान्स

काठमाडौं-   चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ३६ अर्ब ९३ करोडको विप्रेषण देशभित्र भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव आठ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब दुई करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको सङ्ख्या ३६ हजार नौ सय २८ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या २२ हजार छ सय ४७ रहेको छ। अघिल्लो वर्षको सोही…
Read More
सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली १६ महिनादेखि फरार

सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली १६ महिनादेखि फरार

गण्डकी कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार हुनुहुन्छ । सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उहाँ सपरिवार सम्पर्कविहीन हुनुभएको थियो । प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरेपनि उहाँ अझै पक्राउ पर्न सक्नुभएको छैन । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध…
Read More
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो

युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा कायम भएको छ । साथै मङ्गलबार मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भएकामा आजका लागि भने खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण…
Read More
सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड

काठमाडौं- पछिल्लो समय सुनको भाउमा लगातार बढ्न थालेको छ। पछिल्लो तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ। आज मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। हिजो प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आइतबार सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Read More
दसैंका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने

दसैंका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने

  काठमाडौं- नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ। राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो। यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए। 'नोट सटहीका लागि विगत वर्षहरूमा हामीले जसरी दिइरहेका छौँ, त्यसमा केही परिवर्तन भएको छैन। तर यस वर्ष नयाँ नोट नभई सफा र सुकिलो नोट सटही गर्ने निर्णय भएको छ', पोखरेलले भने, 'सुकिलो बैंक नोट कहाँ, कैले, कसरी, कति सटही पाइन्छ? जस्ता विषयमा राष्ट्र बैंकले चाँडै सूचना सार्वजनिक गर्नेछ।' सफा र सुकिलो…
Read More
वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर

वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर

काठमाडौं- वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० मध्ये १३ वटा वाणिज्य बैंकले मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएका छन्। चार वटाले स्थिर राखेका छन् भने दुई वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन्। औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको छ। सर्वाधिक ब्याजदर घटाउनेमा नेपाल बैंक छ। यो बैंकले साउनमा मुद्दति निक्षेपमा दिँदै आएको ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ। यस्तै, प्रभु बैंकले ०.९० प्रतिशत विन्दु, नेपाल इन्भेस्टमेन्ट मेगा र माछापुच्छ्रे बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्। ब्याजदर बढाउनेमा हिमालयन र प्राइम कमर्सियल बैंक छन्। साउनको तुलनामा भदौका लागि यी दुवै बैंकले ०.२५ प्रतिशत विन्दुले…
Read More
फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य

काठमाण्डौं- सुनको मूल्य फेरि बढेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ। चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी बिहीबार एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.