आज मितिः २०८३ श्रावण २६ गते

आर्थिक रूपान्तरणका लागि बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल

काठमाण्डौ –


अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच छलफल भएको छ ।
नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गरे। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उनले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पारे ।

अर्थमन्त्री वाग्लेले उद्योगको नाफाबाट पुनर्लगानी बढ्ने र त्यसबाट सिर्जना हुने रोजगारीले अन्ततः राज्यको राजस्वमा योगदान पुग्ने भएकाले दुवै पक्षको सम्बन्ध परिपूरक रहेको बताए।

छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानूनमा रहेका व्यावहारिक जटिलताबारे आफ्ना अनुभव र सुझाव राखेका थिए ।

व्यवसायीका सुझाव सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आउँदो ६ महिनाभित्र नीतिगत सुधारका कार्यहरू पहिचान गरी स्पष्ट कार्यसूचीसहित अघि बढ्ने प्रतिबद्धता जनाए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.