आज मितिः २०८३ श्रावण २६ गते

सन्दीप बने राष्ट्रिय क्रिकेट टोलीको कप्तान

काठमाण्डौ-


लेग स्पिनर सन्दीप लामिछाने राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले हिजो सोमबार सन्दीपलाई ओडीआईको कप्तानमा नियुक्त गरेको हो । क्यानको यो निर्णयले सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका छन् । सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् ।

सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन् ।

यसअघि २०७९ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.