काठमाण्डौं-
बागलुङको काठेखोला धम्जामा आपसी विवादका क्रममा चक्कु प्रहारबाट एक साथीले चक्कु प्रहार गरि अर्काे साथीको हत्या गरे। धम्जाको माझकटेरामा श्रमिकका रूपमा बस्दै आएका ढोरपाटन बस्ने शोक खत्रीकोलाई आप्नै साथी अर्जुन घर्तीले हत्या गरेका हुन् ।
आपसी विवादका क्रममा खत्रीलाई चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।
खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना स्थानीय निर्मल आधारभूत विद्यालयको भवन निर्माणमा मजदुरी गर्दै आएका थिए ।