काठमाण्डौं-
सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज अपराह्न १ बजे बस्दै छ । आज सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।