काठमाण्डौं
कोलम्बियामा सोमबार शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान ७ः३४ बजे चोको प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो।
कोलम्बियाको भूगर्भ सेवा विभागका अनुसार भूकम्प १०३ किलोमिटर गहिराइमा गएको थियो। पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर क्षेत्रसम्म भूकम्पको धक्का महसुस गरिएको थियो।
भूकम्पको केन्द्रबिन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरेइरा सहरमा भने ठुलो क्षति भएको बीबीसीले जनाएको छ ।
सहरका केही क्षेत्रमा मङ्गलबार स्थानीय समयअनुसार बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको बीबीसीमा उल्लेख छ।