आज मितिः २०८३ भाद्र १४ गते

बाढी प्रभावित पालिकालाई सरकारले ग¥यो पौने सात करोड निकासा

Uddar News

काठमाण्डौ-


रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ वटा पालिकाका लागि यति रुपैयाँ निकासा गरेको हो ।

यो रकम प्रभावित पालिकालाई आवश्यकता अनुसार वितरण गरिनेछ । प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा भएको रकममध्येबाट केही रकम निकासा गर्ने निर्णय गरेको थियो । प्राधिकरणका अनुसार यो रकम अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित पालिका वर्गीकरण गरी त्यसैअनुसार अनुदान सहायता उपलब्ध गराउनेछ ।

प्राधिकरणका अनुसार रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालीका र आमाछोदिङ गाउँपालिका, नुवाकोटको विदुर र बेलकोट नगरपालिका, तारकेश्वर, किस्पाङ गाउँपालिका, धादिङको बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेख गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट र आबुँखैरेनीमा भएको क्षतिका आधारमा अनुदान रकम वितरण गरिने जनाएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.