काठमाडौं-
चाडपर्ब लागेसंगै स्थानीय बजारमा सुनको मूल्य ८०० र चाँदीको मूल्य १० रुपियाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४२५ रुपैयाँ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४१५ रुपैयाँ कायम भएको थियो ।