आज मितिः २०८३ आश्विन ७ गते

कुखुरापालक संघले अण्डाको फार्म मूल्य बढाए

काठमाडौं-

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म मूल्य बढाएको छ।

संघको असोज ६ गते काठमाडौंमा भएको भौतिक तथा भर्चुअल बैठकले अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसअनुसार बुधबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

संघका अनुसार एक्सल अन्डाको प्रतिक्रेट ६१५ तोकेको छ। ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पुगेको छ। यसअघि १९ भदौमा तोकिएको समर्थन मूल्यअनुसार एक्सल अन्डाको प्रतिक्रेट ६०५ र ठूलो अन्डाको ५९० रुपैयाँ थियो।

संघले मिडियम, सानो अन्डा र उपभोक्ता मूल्य भने यथावत् राखेको छ। यसअघिको मूल्यमा मिडियम अन्डा प्रतिक्रेट ५५० रुपैयाँ छ भने सानो अन्डा ३ हजार २ सय पेटी समर्थन मूल्य तोकिएको छ। उपभोक्ता मूल्य प्रतिगोटा २५ र प्रतिदुईवटाको ४५ रुपैयाँ तोकेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.