आज मितिः २०८३ कार्तिक २२ गते

नेपाल प्रिमियर लिगमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै

काठमाण्डौ –

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ ।

यसअघि हिजो दुई खेल भएकोमा पोखरा एभेन्जर्स चितवन राइनोजसँग तथा कर्णाली सुदूरपश्चिमसँग पराजित भयो । लगातार चौथो खेल गुमाएको पोखरा तालिकाको पुछारमा छ । उसको प्ले–अफ सम्भावना पनि लगभग सकिएको छ ।

प्रतियोगितामा अपराजित लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । काठमाण्डौ ४ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.