चितवन-
नेपाली कांग्रेसको १५ओै महाधिवेशन अन्तर्गत चितवन जिल्लाको पालिका अधिवेशन सम्पन्न भएको छ ।
निर्वाचित पालिका सभापतिहरुमा भरतपुर महानगरसमिती बुद्धिकान्त न्यौपाने, रत्ननगर नगरसमितीको सभापतिमा उमेश गीरी, खैरहनी नगरसमितीको सभापतिमा शंकर प्रसाद कंडेल, राप्ती नगरसमितीको सभापतिमा भिमसेन सिलवाल, कालिका नगरसमितीको सभापतिमा रमेश जंङ थापा, नेपाली कांग्रेस माडी नगरसमितीको सभापतिमा खेम प्रसाद महतो निर्वाचित भएका छन् ।
सबै पालिकामा निर्वाचन शान्ति रुपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।