आज मितिः २०८३ भाद्र ३१ गते

समाचार

आर्थिक रूपान्तरणका लागि बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल

आर्थिक रूपान्तरणका लागि बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्रीबीच छलफल

काठमाण्डौ - अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच छलफल भएको छ ।नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गरे। देशको विकास कुनै एक मन्त्रालयको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै उनले यसका लागि एकीकृत राष्ट्रिय दृष्टिकोण आवश्यक रहेको स्पष्ट पारे । अर्थमन्त्री वाग्लेले उद्योगको नाफाबाट पुनर्लगानी बढ्ने र त्यसबाट सिर्जना हुने रोजगारीले अन्ततः राज्यको राजस्वमा योगदान पुग्ने भएकाले दुवै पक्षको सम्बन्ध परिपूरक रहेको बताए। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानूनमा रहेका व्यावहारिक जटिलताबारे आफ्ना अनुभव…
Read More
आज १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

आज १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

काठमाण्डौं- सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज अपराह्न १ बजे बस्दै छ । आज सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
Read More
कोलम्बियामा शक्तिशाली भूकम्प जाँदा १११ जनाको मृत्यु

कोलम्बियामा शक्तिशाली भूकम्प जाँदा १११ जनाको मृत्यु

काठमाण्डौं कोलम्बियामा सोमबार शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान ७ः३४ बजे चोको प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। कोलम्बियाको भूगर्भ सेवा विभागका अनुसार भूकम्प १०३ किलोमिटर गहिराइमा गएको थियो। पश्चिमी कोलम्बियाका सयौँ किलोमिटर क्षेत्रसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको केन्द्रबिन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरेइरा सहरमा भने ठुलो क्षति भएको बीबीसीले जनाएको छ । सहरका केही क्षेत्रमा मङ्गलबार स्थानीय समयअनुसार बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको बीबीसीमा उल्लेख छ।
Read More
प्रतिनिधिसभाको बैठक बस्दै, आज चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, आज चार विधेयक प्रस्तुत हुने

काठमाण्डौं- प्रतिनिधिसभाको बैठक आज १ बजे सिंहदरबारमा बस्दैछ । आज बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । यस्तै, बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष ९दशौँ संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी ९दोस्रो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम ९निषेध तथा नियमित गर्ने० विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । त्यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय…
Read More
आज साउनको अन्तिम सोमबार शिवालयमा बोलबम मेला

आज साउनको अन्तिम सोमबार शिवालयमा बोलबम मेला

काठमाण्डौं- आज साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथ, चितवन तथा तनहूँसहित देशभरका शिवालयमा श्रद्धालुको घुइँचो लाग्ने गर्छ । साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउने तथा बोलबम मेला पनि लाग्छ । देशभर बोलबम तीर्थालुको शिवालयमा घुइँचो हुने गर्दछ । विशेष गरी अन्तिम दिन काठमाडौँको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्न बोलबम श्रद्धालुको घुइँचो लाग्ने गर्छ । काठमाडौँको पशुपतिनाथ, चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल देवघाटधाम, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वरलगायत मन्दिरमा पूजा गर्ने र बोलबम मेला भर्नेको घुइँचो लाग्ने गर्छ ।
Read More
अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

काठमाण्डौं- झापामा अटो र ट्याक्टर एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बिर्तामोड २ स्थित भित्री सडकमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर खाँदा अटोमा सवार अटो चालक तयामुल हक सहित अन्य चार जना घाइते भएका हुन् । जसमा अटोमा सवार झापा गाउँपालिका ४ भामटोली निवासी ३५ वर्षीय सुखी बिबीको उपचारका क्रममा दिउँसो साढे १ बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त दुर्घटनामा परि घाइते अन्यको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Read More
सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला

सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला

काठमाण्डौं- काभ्रेको दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला परेको छ। ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शव उनका आफन्तले पहिचान गरेका छन्। साउन २० गते ६८ वर्षीय केदारनाथ पराजुलीले लामो समयदेखि अस्वस्थ रहेकी श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हाम फालेका थिए। उक्त घटना मन्दिर नजिकैको दृश्य निगरानीमा समेत कैद भएको प्रहरीले जनाएको छ। घटनापछि दुवै जना नदीमा बेपत्ता भएका थिए। केदारनाथको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।
Read More
विशेष महाधिवेशनको वैधानिकतामा नेपाली कांग्रेसको विवाद

विशेष महाधिवेशनको वैधानिकतामा नेपाली कांग्रेसको विवाद

काठमाण्डौं- नेपाली कांग्रेसमा विशेष महाधिवेशनको वैधानिकतालाई लिएर देखिएको विवादले पार्टीभित्रको विभाजनको जोखिम बढिरहेको छ ।सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति गगन थापाले कांग्रेसको विधान र सार्वभौम सदस्यको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन सम्पन्न गरिएको बताउनुभयो। उहाँले विशेष महाधिवेशन आवश्यक मात्र नभई पार्टी सदस्यहरूको अधिकारसमेत भएको दाबी गर्नुभयो। “विशेष महाधिवेशन आवश्यक मात्र थिएन, यो हाम्रो अधिकारको कुरा पनि थियो। यसको वैधानिकतालाई महाधिवेशनको हल, निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चले समेत पुष्टि गरिसकेको छ,” उहाँले भन्नुभयो। सर्वोच्च अदालतले…
Read More
म्यानचेस्टर युनाइटेड र पीएसजीको मैत्रीपूर्ण खेलमा बराबरी

म्यानचेस्टर युनाइटेड र पीएसजीको मैत्रीपूर्ण खेलमा बराबरी

काठमाण्डौ - प्रि–सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र पीएसजीले बराबरी खेलेका छन् । स्वीडेनको गोथेनवर्गमा भएको प्रि–सिजन मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको दोस्रो मिनेटमै इब्राहिम म्बायेको गोलमा पीएसजीले अग्रता लिएको थियो । युनाइटेडका ब्रायन एम्बुमोले ३२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि पनि एम्बुमोले युनाइटेडका लागि अग्रता दिलाउने केही राम्रा अवसर सिर्जना गरे ।
Read More
हर्मुज जलमार्ग खुलाउन इरान र ओमानबीच वार्ता

हर्मुज जलमार्ग खुलाउन इरान र ओमानबीच वार्ता

काठमाण्डौं- इरान र ओमानबीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा वार्ता भईरहेको छ । ओमानको विदेश मन्त्रालयका अनुसार जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल भइरहेको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती सर्तमध्ये मुख्य रुपमा अघि सारेको छ । इरानले यसअघि भएको युद्धविराम तथा वार्ता अघि बढाउने समझदारी अमेरिकाले उल्लङ्घन गरेको आरोप लगाउँदै आएको छ । इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोल्घद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनुपर्ने भन्दै हर्मुज तत्काल नखोलिने पनि बताएका छन् । जोल्घद्रले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौ सैनिक नाकाबन्दी हटाउनुपर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.