काठमाण्डौ –
प्रि–सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र पीएसजीले बराबरी खेलेका छन् ।
स्वीडेनको गोथेनवर्गमा भएको प्रि–सिजन मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलको दोस्रो मिनेटमै इब्राहिम म्बायेको गोलमा पीएसजीले अग्रता लिएको थियो । युनाइटेडका ब्रायन एम्बुमोले ३२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि पनि एम्बुमोले युनाइटेडका लागि अग्रता दिलाउने केही राम्रा अवसर सिर्जना गरे ।