आज मितिः २०८३ बैशाख ८ गते

ब्रेकिङ न्यूज

एपोलो मल्टी इस्पेशियालिटी पोलिक्लिनिकको सन्चालनको प्रथम वार्षिकोत्सव सम्पन्न

एपोलो मल्टी इस्पेशियालिटी पोलिक्लिनिकको सन्चालनको प्रथम वार्षिकोत्सव सम्पन्न

उद्धार मिडिया- एपोलो मल्टी इस्पेशियालिटी पोलिक्लिनिकले आफ्नो सेवाको एक वर्ष पूरा गरेको छ । २०८१ फाल्गुन १४ गतेबाट स्वास्थ्य सेवा हेतु सन्चालित यो पोलिक्लिनिकले आफ्नो सेवाको एक वर्ष पूरा गरेको अवसरमा बिरामीहरुको विभिन्न प्रकृतिको रोग उपचारको लागि दक्ष, अनुभवी चिकित्सकहरुको उपलब्धता र थप परिष्कृत रुपमा दीर्घकालीन सेवा उधेश्य र लक्ष्य साथ अगाडि बढिरहेको पोलिक्लिनिकका प्रबन्ध निर्देशक समर्पण बगालेले बताउनुभयो ।   हाल नेपालमा ब्याप्त मुटु रोग, डायबिटिज, उच्च रक्तचाप, नशा सम्बन्धी रोग लगायतका जघन्य रोगका लागि अनुभवी चिकित्सकहरुको सामुहिक सन्चालनमा सो क्लिनिक सन्चालनमा आएको हो ।   चिकित्सकको रोगको प्रकृति हेरेर गुणस्तरीय सेवा दिएर निदान गर्नकै लागि वरिष्ठ मुटु रोग…
Read More
चुनाव प्रचारमा हिडेंका गाडीमा तोडफोड   कास्की

चुनाव प्रचारमा हिडेंका गाडीमा तोडफोड  कास्की

कास्की-   कास्कीमा नेकपा एमालेको चुनावी प्रचारमा प्रयोग भएका २ वडा गाडी तोडफोड भएको छ। एमाले कास्की क्षेत्र नं १ का उमेदवार बैन बहादुर क्षेत्रीको चुनावी अभियानमा प्रयोग भएका २ वटा गाडी तोडफोड भएको हो ।   मादी गाउपालिका वडा नं ११ उपल्लो साप्लेमा गाडी तोडफोड भएको एमालेले जनाएको छ । ढुङ्गा प्रहारबाट गाडीका शिशा फुट्नुको साथै गाडीमा सामान्य क्षति भएको छ । ग ४ प १०१५ नम्बरको हाइलेण्डर र बा ९ च ८९२८ नम्बरको फर्चुनर गाडी तोडफोड भएको हो ।   नेपाली कांग्रेस निकट तरुण दलका कार्यकर्ता रिदम गुरुङको नेतृत्वमा गएको समूहले ढुङ्गा हानी गाडी तोडफोड गरेको नेकपा एमाले…
Read More
कतार र बहराइनको बेसबाट अमेरिकी सेना फिर्ता 

कतार र बहराइनको बेसबाट अमेरिकी सेना फिर्ता 

काठमाडौँ - न्युयोर्क टाइम्सका अनुसार इरानसँग तनाव बढिरहेको वेला अमेरिकाले कतार र बहराइनमा राखिएका सैन्य बेसबाट सेना फिर्ता गरेको छ । उसका अनुसार अरब क्षेत्र हेर्न राखिएको प्रमुख सैन्य बेसको रुपमा रहेको कतारको अल उदेइद एयर बेस र बहराइनको अमेरिकी नेभीमा राखिएका सेनाहरू फिर्ता लगिएको हो ।     सम्बन्धित अधिकारीहरूले सैनिकको जोखिम घटाउन र आकस्मिक तनावको अवस्थामा सुरक्षा सुनिश्चित गर्न लागेको गल्फ टाइम्सले जनाएको छ ।     इरानले आफ्नो देशमा अमेरिकाले आक्रमण गरेमा उसका शैन्य शिविरमा पनि आक्रमण गर्ने चेतवानी दिइरहेको छ । अमेरिका र इरानबीचको तनावलाई घटाउन कतारले पनि कुटनीतिक पहल गरिरहेको छ ।   उनीहरूका अनुसार…
Read More
पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु

काठमाडौं - पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।   सडकबाट करिब ३ सय मिटर तल खसेको सो बसमा दुर्घटनाको बखत कम्तिमा ४६ जना यात्रुहरु रहेको अनुमान छ ।     घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले दुर्घटनाको बेला बसमा ४६ जना यात्रुहरु रहेको र उनीहरुको खोज तथा उद्धार कार्य जारी रहेको जानकारी दिए ।     घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरु ओसार्दै बगरमा जम्मा गर्ने र त्यहाँबाट एम्बुलेन्समार्फत् अस्पतालतर्फ पठाउने काम भइरहेको छ ।     हालसम्म १३ पुरुष र ४ महिलाको शव संकलन गरिएको सशस्त्र प्रहरी बलका…
Read More
सात महिनामा रु १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार

सात महिनामा रु १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार

काठमाडौं- चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ।     भन्सार विभागका अनुसार समीक्षा अवधिमा रु ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र रु एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ। यो अवधिमा मुलुकले रु नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख घाटा बेहोरेको छ।   भारतसँग बितेका सात महिनामा रु छ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र रु एक खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात हुँदा मुलुकले रु चार खर्ब ९१ अर्ब…
Read More
ब्राउन सुगरसहित दुई जना पक्राउ 

ब्राउन सुगरसहित दुई जना पक्राउ 

काठमाण्डौ - जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन्ने ठाउँमा इलाका प्रहरी कार्यालय सूर्यपूरा रूपन्देही र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।   लुम्बिनीबाट सूर्यपूरातर्फ से ३ प ६०० नं को मोटरसाइकलमा आउँदै गरेका रूपन्देहीको मायादेवी गाउँपालिका–१ वसन्तपुर बस्ने ३४ वर्षीय जगदिश कुर्मी र सोही मोटरसाइकल पछाडि सवार गैँडहवा गाउँपालिका–४ कुसुमहवा बस्ने ३१ वर्षीय महेश कुर्मीबाट उक्त लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए…
Read More
अर्किड स्कुलद्वारा एसइइ उत्कृष्ट लाई नगद पुरस्कार।

अर्किड स्कुलद्वारा एसइइ उत्कृष्ट लाई नगद पुरस्कार।

चितवन- अर्किड स्कूल भरतपुर–१० ले आफ्नो १५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सो कार्यक्रममा विद्यालयले २०८१ सालको एसईई परीक्षामा ‘४ जिपिए’ प्राप्त गर्ने तीन विद्यार्थी क्रमशः समृद्धि रेग्मी, स्नेहा आचार्य र सुशील सुवेदीलाई जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र सहित पुरस्कृत गरेको छ। त्यसैगरी ३.८ भन्दा बढी जीपीए ल्याउने अन्य विद्यार्थीलाई पनि पदकसहित सम्मान गरेको छ। अर्किड स्कुल ले सदा झै ज्येष्ठ अभिभावक हरूलाइ सम्मान गर्ने कार्यक्रम अन्तरगत यसपटक ज्येष्ठ अभिभावक मनहर्क अधिकारी (९८वर्ष ) र गंगा देवि चापागाई (८७ वर्ष ) लाई दोसल्ला तथा सम्मानपत्र प्रदान सहित सम्मान गरेको छ। विद्यालयमा नर्सरीदेखि कक्षा…
Read More
चितवन सेवा समाज कुवेतद्वारा भरतपुरका क्यान्सर पीडित दण्डपानी रेग्मीलाई आर्थिक सहयोग

चितवन सेवा समाज कुवेतद्वारा भरतपुरका क्यान्सर पीडित दण्डपानी रेग्मीलाई आर्थिक सहयोग

चितवन- चितवन सेवा समाज कुवेतद्वारा क्यान्सर पीडित दण्डपानी रेग्मीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। चितवन सेवा समाज कुवेतमा आबद्ध चितवनबासीहरूको सामूहिक सहयोगबाट संकलित नगद रु। ४०,४०५ (चालिस हजार चार सय पाँच रुपैयाँ) क्यान्सर पीडित भरतपुर–७, कृष्णपुर निवासी रेग्मीलाई हस्तान्तरण गरिएको हो ।   उक्त सहयोग रकम कालिका नगरपालिकामा अवस्थित कार्यसमिति सदस्य अमृता मोक्तानको निवासमा पीडितको परिवारजनको उपस्थितिमा प्रदान गरिएको हो। कार्यक्रमको समन्वय चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष लाल भट्ट, महासचिव मित्रलाल पाण्डे, कोषाध्यक्ष रामबहादुर भट्टराई, आजीवन सदस्य, मानकुमार चौधरी तथा मिडिया कोर्डिनेटर रविलाल भट्टज्यूले गर्नुभएको थियो।   सहयोग रकम हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष भट्टले उक्त रकम उपचार खर्चमा…
Read More
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन पक्राउ

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनस् पक्राउ गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सोमबार प्रहरीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो। प्रसाईंलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। यसअघि माघ २३ मा पनि उनी पक्राउ परेका थिए। प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पक्राउ गर्दै आएको छ।  
Read More
नेपाली कांग्रेसको जनकपुरधाममा आयोजना मधेस जनसभाको तयारी तीब्र 

नेपाली कांग्रेसको जनकपुरधाममा आयोजना मधेस जनसभाको तयारी तीब्र 

चितवन- नेपाली कांग्रेसले फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश जनसभाको तयारी तीब्र बनाएको छ।     विशेषगरी मधेश केन्द्रित रहेको उक्त जनसभामा पार्टी सभापतिसहित केन्द्रीय समितिका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।   नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति संयोजक नितेश कुमार गुप्ताका अनुसार कार्यक्रम जनकपुरधामको तीरहुतीया गाछिमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ।   जनसभा कार्यक्रमको प्रमुख अतिथि गगन कुमार थापा रहनेछन भने मधेश प्रदेशका मुख्यमन्त्री एवम प्रदेशका सभापति कृष्णा प्रसाद यादवले अध्यक्षता गर्नेछन्।   प्रचार प्रसार समिति संयोजक गुप्ताका अनुसार जनसभा कार्यक्रममा जेनजी युवाहरुको माग सम्बोधन सहितको प्रतिज्ञा पत्र सार्वजनिक गरिनेछ।     कार्यक्रममा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.