नेपाली होटल व्यवसायि संघको प्रेरणादायि कार्यक्रम सम्पन्न
काठमाण्डौं- नेपाली होटल व्यवसायि संघ काठमाण्डौले विद्यार्थीहरुको लागि एकदिने प्रेरणादायि कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाण्डौको गोगबुमा नेपाली होटेल व्यवसायि संघमा आबद्ध सदस्यहरुको नानीबाबुहरुको लागि प्रेरणादायि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी प्रमुख प्रशिक्षक रहनु भएको थियो । प्रमुख प्रशिक्षक अधिकारीले विद्यार्थीहरुको लागि मोटीभेशन प्रशिक्षण दिनुहुदैं विद्यार्थीले जति अध्ययन गरे पनि वा डिग्रि गरे पनि आप्mनो संस्कारलाई विर्सन नहुने बताउनु भयो । उहाँले हरेक मानिसले सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्ने जानकारी दिनु भयो । त्यस्तै कार्यक्रममा नेपाली होटल व्यवसायि संघका अध्यक्ष गणेश ढकालले नानीबाबुहरुलाई जति अध्ययन गरे पनि नेपालमा नै बसेर…