आज मितिः २०८३ कार्तिक १४ गते

स्वास्थ्य – खेलकुद

आज क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा ११ बिच खेल हुने

आज क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा ११ बिच खेल हुने

काठमाण्डौं- अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल आज सोमबार हुँदै छ । अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र झापा ११ बिच खेल हुनेछ। आयोजकका अनुसार नेपाल पुलिस र झापाको खेल दिउँसो ३ बजे सुरु हुने छ । खेलमा विजयी हुने टोली सेमिफाइनलमा पुग्ने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार अन्तिम क्वार्टरफाइनलमा विजयी हुने टोलीले बुधबार पाँचथरको फिदिम स्पोर्टिङ क्लबसँग प्रतियोगिताको सेमिफाइनल खेल खेल्नुपर्ने छ । यस्तै मङ्गलबार हुने पहिलो सेमिफाइनल खेल सिराहाको सलहेस युथ क्लब र पाहुना टोली भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङबिच…
Read More
मलेसियामा आजदेखि एसिसी प्रिमियर कप शुरु हुँदै

मलेसियामा आजदेखि एसिसी प्रिमियर कप शुरु हुँदै

काठमाण्डौ - आजदेखि मलेसियामा तेस्रो संस्करणको एसिसी प्रिमियर कप शुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा रहेको छ । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले दोस्रो खेल भदौ १८ गते…
Read More
टप एण्ड टी–२० मा नेपालको लगातार जित

टप एण्ड टी–२० मा नेपालको लगातार जित

काठमाण्ठौ - कप्तान कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’ले अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ । नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी ९एसीटी०लाई ४ विकेटले पराजित गर्दै जीत निकालेको हो । एसीटीले दिएको १४१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका भुर्तेलले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । त्यस्तै पवन सराफले अविजित २९, मयन यादवले २१ र लोकेश बमले १२ रन बनाए । एसीटीका जेक केओघले तीन र जित मेहताले दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो…
Read More
टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अस्ट्रेलियन क्यापिटल मैदानमा

टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अस्ट्रेलियन क्यापिटल मैदानमा

काठमाण्डौं- अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी ९एसिटी०विरुद्ध खेल्दैछ । यी दुई टोलीबिचको खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो । पहिलो र दोस्रो खेलमा भने नेपालले क्रमशः नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो । यसैगरी एसिटीको टोली पहिलो जितको खोजीमा छ । उसले तीन खेल खेल्दा सबैमा हार व्यहोरेको छ । सेमिफाइनल सम्भावना कायमै राख्न आजको खेलमा नेपाल जित्नैपर्ने…
Read More
अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

काठमाण्डौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि कर्नाटकलाई हराएको छ । हिजो नेपालले कर्नाटकलाई ५ विकेटले हरायो । कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा देव खनालले ११३ बलमा अविजित एक सय रन बनाए । त्यसअघि पहिला ब्याटिङ गरेको कर्नाटकले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४२ रन बनाएको थियो । नेपालका लागि बलिङतर्फ करण केसी र सन्दीप लामिछानेले समान तीनरतीन तथा हेमन्त धामीले दुई विकेट लिए । कर्नाटकलाई पहिलो अभ्यास खेलमा नेपालले ११६ रनले पराजित गरेको थियो । नेपाली टोली भारतमा थप अभ्यास खेलेपछि एसीसी प्रिमियर…
Read More
कप्तान मेस्सी फुटबलबाट सन्यास लिने संकेत

कप्तान मेस्सी फुटबलबाट सन्यास लिने संकेत

कप्तान लियोनल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन् । पिताको निधनपछि पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा नै निश्चित नरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेस्सीले भनेका छन, ‘बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ ।’ उनले आफ्नो फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गरेका छन् । मेस्सीले भनेका छन्, ‘आफूले जीवनभर फुटबल खेलेपनि अब धेरै समयसम्म फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफू निश्चित छैन ।’ पिता विश्वकपमा उपस्थित हुन नसके पनि आफू…
Read More
सन्दीप बने राष्ट्रिय क्रिकेट टोलीको कप्तान

सन्दीप बने राष्ट्रिय क्रिकेट टोलीको कप्तान

काठमाण्डौ- लेग स्पिनर सन्दीप लामिछाने राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो सोमबार सन्दीपलाई ओडीआईको कप्तानमा नियुक्त गरेको हो । क्यानको यो निर्णयले सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका छन् । सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् । सन्दीप कप्तान रहेको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी छन् । यसअघि २०७९ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो ।
Read More
म्यानचेस्टर युनाइटेड र पीएसजीको मैत्रीपूर्ण खेलमा बराबरी

म्यानचेस्टर युनाइटेड र पीएसजीको मैत्रीपूर्ण खेलमा बराबरी

काठमाण्डौ - प्रि–सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र पीएसजीले बराबरी खेलेका छन् । स्वीडेनको गोथेनवर्गमा भएको प्रि–सिजन मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको दोस्रो मिनेटमै इब्राहिम म्बायेको गोलमा पीएसजीले अग्रता लिएको थियो । युनाइटेडका ब्रायन एम्बुमोले ३२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि पनि एम्बुमोले युनाइटेडका लागि अग्रता दिलाउने केही राम्रा अवसर सिर्जना गरे ।
Read More
नेपाल इलेक्ट्रिसियन एसोसिएसनको रक्तदान कार्यक्रममा ५२ जनाले गरे रक्तदान

नेपाल इलेक्ट्रिसियन एसोसिएसनको रक्तदान कार्यक्रममा ५२ जनाले गरे रक्तदान

काठमाडौं- काठमाडौंको बालाजुमा आज नेपाल इलेक्ट्रिसियन एसोसिएसनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महिला तथा पुरुष गरि ५२ जनाले रक्तदान गरेका छन्। रक्तदानमार्फत संकलित रगत आवश्यक परेका बिरामीको उपचारमा सहयोग पुग्ने आयोजकले जनाएको छ।कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका राष्ट्रिय अध्यक्ष प्रेम सागर कर्माचार्य र एसोसियनका अध्यक्ष दामोदर प्याकुरेलले उद्घाटन गर्नु भयो । प्रमुख अतिथी कर्माचार्यले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिँदै स्वस्थ व्यक्तिहरूलाई नियमित रुपमा रक्तदान गर्न आग्रह गर्नु भयो । प्रत्येक संघ संस्थाले बार्षिक रुपमा भन्दा पनि तीन तीन महिनामा रक्तदान गर्न पनि सुझाउनु भयो । १८७ पटक रक्तदान गरि सक्नु भएका कर्मचार्यले प्रत्येक…
Read More
बङ्गलादेशमा दादुरा प्रकोपका कारण सयौं बालबालिकाको ज्यान गयो

बङ्गलादेशमा दादुरा प्रकोपका कारण सयौं बालबालिकाको ज्यान गयो

काठमाण्डौंं- बङ्गलादेशमा दशकौँमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौँ बालबालिकाको ज्यान लिएको छ । स्वास्थ्य विभागको तथ्याङ्कअनुसार मार्च १५ देखि अगस्टको शुरुसम्मको झण्डै ५ महिनामा दादुरा प्रभावित ८४४ जना बालबालिकाको ज्यान गएको हो । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट समाजहरूको महासङ्घ र बङ्गलादेश रेडक्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित १० मध्ये ९ परिवारले उपचार खर्च धान्न ऋण लिन बाध्य भएका छन् । ३५ प्रतिशतलाई औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने २२ प्रतिशतलाई खाना उपलब्ध गराइएको थियो । धेरै प्रभावित परिवार गरिब समुदायका रहेको र उनीहरू अनौपचारिक काममा निर्भर रहेका पाइएको छ । बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नुपरेका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.