आज मितिः २०८३ श्रावण २८ गते

कप्तान मेस्सी फुटबलबाट सन्यास लिने संकेत

कप्तान लियोनल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन् ।

पिताको निधनपछि पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा नै निश्चित नरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेस्सीले भनेका छन, ‘बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ ।’

उनले आफ्नो फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गरेका छन् । मेस्सीले भनेका छन्, ‘आफूले जीवनभर फुटबल खेलेपनि अब धेरै समयसम्म फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफू निश्चित छैन ।’

पिता विश्वकपमा उपस्थित हुन नसके पनि आफू फाइनलसम्म पुग्ने र त्यसपछि पितालाई खेल हेर्न ल्याउने आशा मेस्सीले गरेका थिए । अर्जेन्टिना फाइनलसम्म पुग्यो । तर जर्ज मेस्सी मैदानमा पुगेर छोराको खेल हेर्न सकेनन् । मेस्सीले विश्वकप जितेर त्यो सफलता पितालाई समर्पण गर्ने ठूलो इच्छा रहेको बताएका छन् ।

एजेन्सी

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.