काठमाण्ठौ –
कप्तान कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपाल ‘ए’ले अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० शृंखलामा लगातार दोस्रो जित निकालेको छ । नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी ९एसीटी०लाई ४ विकेटले पराजित गर्दै जीत निकालेको हो ।
एसीटीले दिएको १४१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका भुर्तेलले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै पवन सराफले अविजित २९, मयन यादवले २१ र लोकेश बमले १२ रन बनाए । एसीटीका जेक केओघले तीन र जित मेहताले दुई विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एसीटीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रनको योगफल तयार पारेको थियो ।
एसीटीका डिलन हन्टरले ४४, अंश तिवारी र कप्तान निक ब्रोएसले १९–१९ तथा जेक स्मिथले १४ रन बनाए । नेपालका भुर्तेलले तीन, युवराज खत्रीले दुई तथा साहब आलम, पवन सराफ र विपिन खत्रीले एक–एक विकेट लिए जितसँगै नेपालले चार खेलमा चार अंक जोडेको छ । चारै खेलमा पराजित एसीटी अंकविहीन छ ।