आज मितिः २०८३ भाद्र ११ गते

टिचिङ अस्पतालमा उपचारका क्रममा एक पुरुषको मृत्यु

काठमाडौं –

रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएकाहरु बिहिबार बिहानसम्म २६ जनालाई उपचारका लागि टिचिङ ल्याइएको छ।

उनीहरूमध्ये २५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार अस्पतालमा ल्याइएका घाइतेमध्ये ६ जनाको आईसीयूमा उपचार भइरहेको छ।

बाढी प्रभावित क्षेत्रबाट थप ५० देखि ६० जना घाइते उपचारका लागि शिक्षण अस्पताल आउन सक्ने सूचना प्राप्त भएको उनले बताए ।
सम्भावित बिरामीको चापलाई ध्यानमा राखेर अस्पतालले आवश्यक तयारी गरिसकेको पनि उनले जानकारी दिए ।

उनका अनुसार थप आउने घाइतेमध्ये अत्यन्त गम्भीर तथा आईसीयू आवश्यक पर्नेभन्दा चोटपटक लागेका बिरामीको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.