काठमाण्डौं-
रसुवागढी र आसपासको क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी रामेछाप जिल्लाका २६ जना नागरिक बेपत्ता भएको विवरण सार्वजनिक भएको छ।
प्राप्त विवरणअनुसार उनीहरू बाढीपछि सम्पर्कविहीन भएका रामेछापबाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिए ।
बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीलाई आवश्यक पहल गरिदिन परिवारले आग्रह गरेका छन्। बेपत्ता व्यक्तिका परिवारजनलाई भरपर्दो सूचना नआएसम्म नआत्तिई धैर्य गर्न अनुरोध गरिएको छ।
प्राप्त विवरणअनुसार बेपत्ता हुनेहरूमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा, उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाका नागरिक रहेका छन्।
उनिहरुलाई खोजी तथा उद्धारको क्रममा बेपत्ता व्यक्तिको संख्या वा विवरणमा थपघट हुन सक्ने जनाइएको छ। सम्बन्धित निकायबाट प्राप्त आधिकारिक तथा पछिल्लो विवरणलाई आधार मानी थप सूचना सार्वजनिक गरिने बताइएको छ।