आज मितिः २०८३ श्रावण १९ गते

बङ्गलादेशमा दादुरा प्रकोपका कारण सयौं बालबालिकाको ज्यान गयो

काठमाण्डौंं-


बङ्गलादेशमा दशकौँमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौँ बालबालिकाको ज्यान लिएको छ ।

स्वास्थ्य विभागको तथ्याङ्कअनुसार मार्च १५ देखि अगस्टको शुरुसम्मको झण्डै ५ महिनामा दादुरा प्रभावित ८४४ जना बालबालिकाको ज्यान गएको हो । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट समाजहरूको महासङ्घ र बङ्गलादेश रेडक्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित १० मध्ये ९ परिवारले उपचार खर्च धान्न ऋण लिन बाध्य भएका छन् ।

३५ प्रतिशतलाई औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने २२ प्रतिशतलाई खाना उपलब्ध गराइएको थियो । धेरै प्रभावित परिवार गरिब समुदायका रहेको र उनीहरू अनौपचारिक काममा निर्भर रहेका पाइएको छ ।

बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नुपरेका कारण जागिर गुमाएको बताएका छन् । दादुरा अत्यन्त सङ्क्रामक रोग हो, जुन खोकी र हाच्छ्युँमार्फत फैलिन्छ । यो रोग जोसुकैलाई लाग्न सक्छ तर बालबालिकामा सबैभन्दा बढी देखिने गरेको पाईन्छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.