आज मितिः २०८३ श्रावण १९ गते

एक लाख घुससहित सूचना प्रविधि अधिकृत तामाङ अख्तियारको नियन्त्रणमा

काठमाडौँ-


नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

आयोगका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले निगरानी तथा अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुसररिसवतबापत एक लाख रुपैयाँ लिएको अवस्थामा काठमाडौँ महानगरपालिका–१६, बालाजुबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.